स्थापना दिवसमा मैत्रीपुर्ण फुटसल प्रतियोगिता

सुर्खेैत, ७ साउन
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ, नेपालको ३३ औं स्थापना दिवसका अवसरमा मैत्रीपुर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघमा आवद्व बैंकका कर्मचारीहरु सहभागी भएका थिए ।

राष्ट्रिय बाणिज्य बैंकको कर्णाली प्रदेश कार्यालय, सुर्खेत शाखा कार्यालय, वीरेन्द्रनगर शाखा कार्यालय तथा बैंकका अन्य शाखाका कर्मचारीहरू समावेश दुई समुह फुटसल प्रतियोगितामा सहभागी भएका थिए ।

राष्ट्रिय बाणिज्य बैंक कर्णालीको प्रादेशिक कार्यालयका निमित्त प्रमुख केशवराज खनाल मुख्य अतिथि रहेको सो कार्यक्रममा स्थापना दिवसका अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रमको समेत आयोजना गरिएको राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका कर्णाली प्रदेश संयोजक चन्द्रप्रकाश बरालले जानकारी दिए ।






