पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस विविध कार्यक्रमसहित मनाइँदै

काठमाडाै ७ साउन।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४४ औं स्मृति दिवस विविध कार्यक्रमसहित मनाइँदैछ। नेपालका कम्युनिष्ट पार्टीहरूले देशभरी नै पुष्पलालको सम्झनामा विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउने तयारी गरेका छन्।

  सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरेका थिए । उनको जन्म विसं १९८१ असार १५ गते पूर्व २ नं. रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रूपमा भएको थियो।

 विसं १९९७ मा राणाशासन विरुद्धको आन्दोलनमा आफ्ना दाजु गङ्गालाल श्रेष्ठलाई गोली हानी हत्या गरिएपछि उनी राणाविरोधी आन्दोलनमा सक्रिय हुँदै २००६ सालमा भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्दै संस्थापक महासचिवसमेत भएका थिए। श्रेष्ठको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारको क्रममा मृत्यु भएको थियो।

स्राेत ः सेताेपाटी

पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस विविध कार्यक्रमसहित मनाइँदै

स्थापना दिवसमा मैत्रीपुर्ण फुटसल प्रतियोगिता

Leave a comment

Your email address will not be published. Required fields are marked *