नवजोत सिंहद्वारा जेलको दाल रोटी खान अस्वीकार, अस्पताल लानुपर्‍यो

एजेन्सी । भारतीय कांग्रेस नेता नवजोत सिंह सिद्धू आजकाल पटियाला जेलमा बन्द छन् । उनी ३३ वर्ष पुरानो रोड रेज मुद्दामा सर्वोच्च अदालतद्वारा दिएको सजाय काटिरहेका छन् ।

यसैबीच सिद्धूले जेलमा दाल–रोटी खान अस्वीकार गरेका छन् । उनले पटियालाको राजिन्द्र अस्पताल लगिएको छ । जहाँ उनको स्वास्थ्य परीक्षण गरिँदै छ ।

जेल प्रशासनले मेडिकल बोर्डको गठन गरेको छ । यो बोर्डले सिद्धूका लागि डाइट प्लान तयार गर्नेछ । सिद्धूले आफूलाई गहुँसँग एलर्जी भएका कारण उनले जेलको खाना अस्वीकार गरेका छन् । उनले जेलको दाल–रोटी खाइरहेका छैनन् । उनले सलाद खाएर मात्रै दिन कटाइरहेका छन् ।
सिद्धूले विशेष खानाको माग गरे

सिद्धूलाई गहुँको एलर्जी छ । उनलाई कलेजोको समस्या छ । त्यसैले सिद्धूले जेल प्रशासनसँग विशेष डाएटको माग गरेका छन् । सिद्धूका मिडिया सल्लाहकार सुरिन्दर डल्लाले सिद्धूलाई गहुँसँग एलर्जी भएको बताए । त्यसैले उनले विशेष डाइटको माग गरेका छन् ।

 

नवजोत सिंहद्वारा जेलको दाल रोटी खान अस्वीकार, अस्पताल लानुपर्‍यो

३२० पालिकामा कांग्रेसको जित

नवजोत सिंहद्वारा जेलको दाल रोटी खान अस्वीकार, अस्पताल लानुपर्‍यो

जिल्ला समन्वय समिति मुगुमा काँग्रेसको एकल बहुमत

Leave a comment

Your email address will not be published. Required fields are marked *