जिल्ला समन्वय समिति मुगुमा काँग्रेसको एकल बहुमत

मुगु । जिल्ला समन्वय समिति गठनका लागि मुगुमा काँग्रेसको एकल बहुमत आएको छ । जिल्लामा सम्पन्न स्थानीय तह निर्वाचनमा काँग्रेसले दुई प्रमुख र तीन उपप्रमुखसहित पाँच प्रमुख उपप्रमुख जितेसँगै अब गठन हुने जिल्ला समन्वय समितिका लागि मतदान गर्न बहुमत पुगेको हो ।

स्थानीय तह प्रमुख र उपप्रमुखको मतदानबाट गठन हुने जिल्ला समन्वय समितिका लागि मुगुका चार स्थानीय तहहरूबाट चार प्रमुख र चार उपप्रमुखले मतदान गर्न पाउँछन् ।

काँग्रेसले छायाँनाथ रारा नगरपालिकामा नगरप्रमुख र उपप्रमुख, खत्याड गाउँपालिका र सोरु गाउँपालिकामा उपाध्यक्ष र मुगुमा कार्मारोङ्ग गाउँपालिकामा अध्यक्ष जित हासिल गरेको छ ।

अन्य दलहरूमा माओवादी केन्द्रले खत्याड गाउँपालिका अध्यक्ष, नेकपा समाजवादीले सोरु गाउँपालिका अध्यक्ष र एमालेले मुगुम कार्मारोङ्ग गाउँपालिकामा उपाध्यक्ष जितेको छ । अन्य दलहरूका एक एक मतदाता हुँदै गर्दा काँग्रेसका एक्लै पाँच मतदाता भएका जिससमा काँग्रेसको एक्लै बहुमत आउने देखिएको हो । जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यका लागि उम्मेदवार हुन पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरूले पाउँछन् भने मतदान गर्न पालिका प्रमुख र उपप्रमुखले मात्र पाउने कानुनी व्यवस्था छ ।

जिल्ला समन्वय समिति मुगुमा काँग्रेसको एकल बहुमत

नवजोत सिंहद्वारा जेलको दाल रोटी खान अस्वीकार,

जिल्ला समन्वय समिति मुगुमा काँग्रेसको एकल बहुमत

सिटिजन्स बैंक र सुर्खेत हस्पिटल प्रालिबीच समझदारी

Leave a comment

Your email address will not be published. Required fields are marked *