जरायाेबाट वाली जाेगाउनै मुस्किल

पुनम वि‍ ‍सी

सुर्खेत ६ साउन ।

वीरेन्द्रनगर –१० निवासी जीतबहादुर चौधरीले यसपाली १६ कठ्ठामा धान खेति गरेका छन् । पानीको स्रोतको उपलब्धताले पनि उनलाई धान खेतिका लागि समस्या छैन । काँक्रेविहार संरक्षण क्षेत्रदेखि पुर्व–दक्षिण तर्फको भुगोलमा पर्ने सो जग्गामा उनले वर्षेनी दुई वाली लगाउछन् । तर जग्गाले भनेजति उत्पादन भने दिदैन, यसको मुख्य कारण हो, काँक्रेविहार संरक्षण क्षेत्रमा रहेका जरायो ।

जीतबहादुर भन्छन्, यहाँ उत्पादन त राम्रै हुने ठाउँ हो । पानीको स्रोत पनि छ । मेहनत गरेमा राम्रो उत्पादन हुन सक्छ । तर हामीलाई काँक्रेविहारको जनावरले वाली नोक्सान गर्छ भन्ने सधै डर रहिरहन्छ ।’ काँक्रेविहार संरक्षण क्षेत्रबाट खेतिमा पुगेर जरायोले वर्षेनी वाली
नोक्सानी गरिरहन्छ । जीतबहादुरले भने, अव धान रोपेर सकिएको छ । यो समय धानको बोट बढ्ने समय हो । यही समयमा धान खान जरायो बारीमै आईपुग्छ ।’ यस क्षेत्रका किसानहरु वाली संरक्षणका लागि गुनासो बोकेर डिभिजन वन कार्यालय सुर्खेत पनि पटक–पटक धाउने गर्छन् ।

तर वन कार्यालयले पनि जारायोबाट किसानको वाली नोक्सानीका लागि हालसम्म प्रभावकारी प्रयास थाल्न भने सकेको छैन । वीरेन्द्रनगर–१० कै अर्का कृषक युवराज चौधरीले भने, वन कार्यालयका जरायोको गुनासो लिएर गएका हुन्छौँ । तर वर्षेनी रुपमा हाम्रो वाली नोकसानी भईरहेको छ ।’ जरायोबाट वाली बचाउन यतिखेर किसानहरुले खेतवारीमै मानिसको पुत्ला बनाउन सुरु गरेका छन् ।

युवराजले भने, मानिसको पुत्ला बनायो भने रातिको समयमा आउने जरायोले नोक्सानी कम गर्छकि भन्ने हो । सँगै बारी वरपर हावाको वेगमा हल्लने खालको पातलो डोरी पनि टांङ्ने गरेका छौँ ।’ काँक्रेविहार क्षेत्रका जरायोले वर्षेनी किसानहरुको वालीमा क्षती पु¥याउछन् । हालसम्म जरायोका कारण पुग्ने वाली क्षतीको कुनै एकिन तथ्यांक छैन । खुल्ला सिमाका कारण जरायो सोधै किसानका वाली क्षति गर्छन् र साथै जरायाे आफै पनि असुरक्षित छन् ।

जरायोको एकिन तथ्यांक छैन

काक्रेबिहार संरक्षण क्षेत्रमा रहेका जरायोको हालसम्म पनि एकिन तथ्यांक भने छैन । यसअघि डिभिजन वन कार्यालयले काँक्रेविहार संरक्षण क्षेत्रमा रहेका जरायोको गणनाका लागि प्रयास थालेको पनि थियो । वन तथा वातावरण मन्त्रालयको कार्यायोजना अनुरुप काँक्रेविहार क्षेत्रमा जरायोको गणना प्रक्रिया कागमै मात्र सिमित रह्यो । डिभिजन वन कार्यालयका वन अधिकृत सुर्य प्रसाद शर्मा भन्छन्, जरायोको गणनाका लागि कार्यक्रम पनि थियो ।

तर हाल सम्म  कार्यक्रमको समावधि सकिसकेको छ । हामीले विविध कारणवस समयमा नै काम गर्न सकेनौँ ।’ बर्दिया राष्ट्रिय निकुञ्जसँगको समन्वयमा कार्यालयले जरायो गणनाका लागि विज्ञ सहितको टोली झिकाउने योजा गरेको थियो । तर कार्यालयका कार्यसम्पादनका विषयमा अख्तियार र अदालतमा परिरहेका उजुरी–मुद्वाहरुले जरायो गणनालाई ओझेलमा पा¥र्यो । काँक्रेविहार क्षेत्रमा जरायोको गणना तथा काँक्रेविहारले कति जरायो राख्न सक्छ, भन्ने विषयमा आगामी कार्यक्रममा अनुसन्धान हुने शर्मा बताउछन् ।

जरायोलाई कहिले पुग्ने आहार ?

आहाराको खोजीमा संरक्षण क्षेत्र वाहिर जरायो वर्षेनी निस्कन्छ । काँक्रेविहार क्षेत्रमा जरायोको आहाराका लागि व्यवस्थापन चुनौति हुन थालेको देखिन्छ ।

गत वर्ष २०७७÷०७८ मा डिभिजन वन कार्यालयले काँक्रेविहार संरक्षण क्रियाकलाप अन्र्तगत जरायो संरक्षण लक्षित विविध कार्यक्रम समेत गरेको थियो । यसमा जरायोका लाागि पानी खाने पोखरीको निर्माण, घासका विरुवा रोपण तथा अग्नी रेखा÷पहुँच सडक निर्माण तथा मर्मत कार्य सम्पन्न गरिएको कार्यालये जनाएको छ ।

सो कार्यक्रम अन्र्तगत सात हजार पाँच सय वटा अमृसोको विरुवा, ७८ हजार उक सय २५ वटा नेपीएर घाँस र एक क्विन्टल उन्नत घाँसको
विउँ काँक्रेविहार संरक्षण क्षेत्रमा रोपिएको वन धकृत शर्मा बताउछन् । यस विच विभिन्न संघसंस्था तथा प्रदेश सरकारले समेत काँक्रेविहार क्षेत्रमा वर्षेनी वृक्षारोपण गर्दै आएका छन् । वार्षिक रुपमा भईरहेका यस्ता वृक्षारोपण कार्यक्रमले भने जरायोको आहारा व्यवस्थापनमा सघाउँ पु¥याएको देखिदैन ।

पर्खाल नै अन्तिम विकल्प

किसानको वाली संरक्षण तथा जरायो सहित काँक्रेविहार संरक्षण क्षेत्रको सुरक्षाका लागि काँक्रेविहार वरपर पर्खाल नै अन्तिम विकल्प रहेको वीरेन्द्रनगर–१० का किसान युवराज चौधरीको भनाई छ । उनले भने, ।।।खुल्ला सिमा भएकाले काँक्रेविहारमा लुकिछिपी घास काट्नेलगायको क्रियाकलाप भईरहन्छ ।

यसले जरायोको आहारामा पनि समस्या ल्याएको छ । त्यसैले जरायो वाहिर निस्कन्छन् । पर्खालको पुनः काम सुरु भएको भए चाडै राहत पाउने थियौँ ।’ काँक्रेविहार संरक्षण क्षेत्र परिधिमा पर्खाल निर्माणको विषय अहिले अदालतमाविचाराधिन अवस्थामा छ । काँक्रेविहारको क्षेत्र छोडेर पर्खालको निर्माण गर्न लागिएको भन्दै यस विषयमा अदालतमा उजुरी परेको थियो ।

कर्णाली प्रदेश सरकारले आ.व.२०७९÷०८० का लागि काँक्रेविहार क्षेत्रमा पर्खाल निर्माणक लागि पुनः बजेट समेत छुट्टाएको छ । वन अधिकृत शर्मा भन्छन्, । काँक्रेविहारमा वरपर पर्खाल निर्माण गर्न सकिए जरायोको तथा काँक्रेविहार संरक्षणका लागि महत्वपुर्ण रहने थियो ।

जरायाेबाट वाली जाेगाउनै मुस्किल

उम्मेद्वारहरूका लागि तोकेको मनोनयन दस्तुर घटाइयाे

जरायाेबाट वाली जाेगाउनै मुस्किल

साताकाे रेष्टुरेन्ट : भिन्टेज’ जोगाउँदै बिशाल अनि

Leave a comment

Your email address will not be published. Required fields are marked *