उम्मेद्वारहरूका लागि तोकेको मनोनयन दस्तुर घटाइयाे

हेटौँडा ६ साउन ।

नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनमा उम्मेद्वारहरूका लागि तोकेको मनोनयन दस्तुर घटाइएको छ । रकम बढी भएको भन्दै प्रतिनिधि र उम्मेदवारहरूले विरोध जनाएपछि निर्वाचन समितिले दस्तुर घटाएको निर्वाचन अधिकृत प्रविण हुमागाईँले बताए ।

नयाँ दस्तुर अनुसार अध्यक्षले मनोनयन दर्ता गर्दा २० हजार रूपैँया दाखिला गर्नुपर्ने छ । यसअघि अध्यक्षको ३० हजार थियो । त्यसैगरी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, सचिव तथा केन्द्रीय लेखा समिति संयोजकले जनही १० हजार रूपैँया उम्मेद्वार शुल्क बुझाउनुपर्नेछ ।

यसअघि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवको २५ हजार तथा सचिव, कोषाध्यक्ष तथा केन्दीय लेखा समिति संयोजकका लागि २० हजार तोकिएको थियो । केन्द्रीय सदस्यको उम्मेदवारका लागि १५ हजारबाट अब ५ हजारमा झारिएको छ । लेखा समिति सदस्यले पनि ५ हजार बुझाउँदा हुने भएको छ ।

स्राेत ः नेपालप्रेस

उम्मेद्वारहरूका लागि तोकेको मनोनयन दस्तुर घटाइयाे

‘राउटे नीति, भएन कार्यान्वयन

उम्मेद्वारहरूका लागि तोकेको मनोनयन दस्तुर घटाइयाे

जरायाेबाट वाली जाेगाउनै मुस्किल

Leave a comment

Your email address will not be published. Required fields are marked *