साताकाे रेष्टुरेन्ट : भिन्टेज’ जोगाउँदै बिशाल अनि उनका सहकर्मी

सृजना बुढाथाेकी

सुर्खेत ७ साउन ।

लण्डनकाे एक गाँउको नाम भिन्टेज छ । भिन्टेज भन्नाले पुरानो सँस्कृति बुझाँउछ । सुर्खेतको विरेन्द्रनगरमा पनि “भिन्टेज किचन एण्ड बार” नाम गरेको एक रेष्टुरेन्ट खुलेको छ । आधुनिकिकरण बढे संगै पुराना संस्कृतिहरु लोप भएका छन् जसले गर्दा हाम्रो पहिचानको पनि लोप हुने अवस्थामा पुगिसकेको छ । २०७१ साल देखि सामान्य ग्रिल उद्योगबाट बिजनेश शुरुवात गरेका बिशाल ढकाल अहिले सुर्खेतका एक होनहार व्यापारिका रुपमा परिचित छन् ।

केहि महिना पहिले उनी सहित ४ जनाले तिन करोडको लगानीमा सुर्खेतमै पहिलो वीरेन्द्रनगरको न्यूरोडमा रहेको एक घरमा सौन्दर्य निखारका लागी फेशियल हाउस, शरिरको मसाजका लागी ड्रिम फिटनेस एण्ड हर्वल स्पा, चौतारी दोहोरी साँझ अनि भिन्टेज किचन एण्ड बार खुलेको छ । लिफ्टको समेत सुविधा रहेको यो रेष्टुरेन्टमा पछिल्लो समय ग्राहकहरुको मन तानेको छ । के के छन् त भिन्टेजमा आकर्षण गर्ने सामाग्री, अब लागौ भिन्टेज तर्फ ।

फेशियल हाउस”

काठमाडौंमा रहेको चर्चित सौन्र्दय विद सुस्मा महराको फेशियल हाउस जसको ब्रान्च यो घरको पहिलो तलामा रहेको छ । जहाँ विभिन्न किसिमका मेकअप, कपाल काट्ने देखि सौन्दर्य निखारका लागी काम गरिन्छ । सौन्दर्य, जसले मानिसलाई जवान अनि चम्किलो बनाउछ । ओनर बिशाल बताउछन, “महिलाका लागी अत्यावश्यक भएकाले पनि यो आवश्यक देखेको बताउदै ग्राहकलाई भिन्टेज भित्र पसिसकेपछि सबै खाले सुविधा दिन खोजिएको हो” ।

ड्रिम फिटनेस एण्ड हर्वल स्पा”

पश्चिमका जिल्लामा यो अलि फरक ढंगले हेर्ने गरिएको बिशालको अनुभव छ । यौन हिंसा बढ्ने गतिविधि हुने सोच हाम्रो म ा न स प ट ल म ा रहेको उनले बताए ।  उनले भने, “अझैपनि मानिसलाई बुझाउन सकिएको छैन कि, शरिरको हरेक अंगहरुलाई चलायमान राख्नका लागी स्पाले महत्वपुर्ण भुमिका निर्वाह गर्छ भनेर” । ड्रिम फिटनेस एण्ड हर्वल स्पा भित्र सावना स्टीम, थेरापी हर्वल आदिको सुविधा रहेको छ ।

चौतारी दोहोरी सा“झ”

साँझ ७ बजे देखी राती ११ बजेसम्म चौतारी दोहोरी साँझमा लोक संस्कृति जोगाउन मद्धत गर्ने खालका पुराना लोक भाका, दोहोरी
र पुर्ण रुपमा नेपाली गितहरु मात्रै गाउने गरिन्छ ।

२ वर्ष कोभिडले घरमै गुम्सीएर रहेका मानिसका लागी यो रेष्टुरेन्टमा रहेको पिङ्गमा टिकटक बनाउने देखि पारिवार संग बसेर पुराना लोक सँस्कृति जर्गेना गर्ने मौलीक गितहरु संग रमाइलो गर्ने दोहोरी साँझले अझै शोभा बढाएको छ । पारिवारिक वातावरणमा मिठा परिकार संगै ग्राहककै रोजाइका गितहरु सुन्दै नाँचगान हुने गर्छ । हरेक मानिसका सोच विचार फरक हुने भएकाले कहिले कहि कोहि ग्राहकले अलि नशा बढि भएर सताउनेगरेको बिशाल बताउछन् ।

“कुनै ग्राहकले कहिले कहि अलि बेढि रक्सी सेवन गरेर अरु नाचिरहेको ठाँउमा गएर नाच्ने गर्नुहुन्छ, जसले गर्दा अरुलाई पनि असर गरेको महशुस हुन्छ, तर अहिले हामीले बाउन्सरहरु राखेका छौ, उहाँहरुले निगरानी गरिरहनु हुन्छ” ।

“भिन्टेज किचन एण्ड बार”

दिनमा ४ सयको हाराहारीमा आउने ग्राहक मध्य आधा ग्राहक त रेष्टुरेन्टमा खाजा खाने र पिङ्गमा फोटो खिच्ने अनि टिकटक बनाउने हुन्छन ।  लिफ्टको माध्यमबाट यस घरको चौथो तला जादा रेष्टुरेन्टमा पुगिन्छ । सधै घरको खाना खाएर थाकेका कतिपय परिवारको हप्तामा १ दिन पारिवारीक रमाइलोका लागी रेष्टुरेन्टमा जाने मनसायको पनि हुन्छ ।

“कोहि ग्राहक त सिधै लिफ्टबाट पिङ्ग भएका ठाँउमा जाने फोटो र टिकटक लिने अनि सिधै लिफ्टबाट फर्किने पनि आउनुहुन्छ, त्यसकारण प्रति व्यक्ति १ सयका दरले पैसा उठाउन थालेका हौ” बिशालले भने, “खाजा खाएर जानेका लागी त फोटो खिच्न अनि टिकटक बनाउन फ्री नै छ” ।

रेष्टुरेन्टमा नर्मल खाजा मःम, चाउमिन देखि तन्दुरी आइटम, इटालियन, चाइनिज, जापानिज र इण्डीयन परिकारहरु खान पाइन्छ । रेष्टुरेन्टको क्षेत्रमा दक्ष जन शक्तिको अभाव, किचन हेल्पर, सर्भिसका लागी जनशक्तिको समस्याका कारण ग्राहकको माग र आफुले सोचेअनुरुपको सेवा दिन अझै नसकेको उनको भनाई छ।

 

साताकाे रेष्टुरेन्ट :  भिन्टेज’ जोगाउँदै बिशाल अनि उनका सहकर्मी

जरायाेबाट वाली जाेगाउनै मुस्किल

साताकाे रेष्टुरेन्ट :  भिन्टेज’ जोगाउँदै बिशाल अनि उनका सहकर्मी

कर्णाली प्रदेशको माथिल्लो क्षेत्र अर्थात हिमाली भेगमा

Leave a comment

Your email address will not be published. Required fields are marked *