बड्डीचौर–बाबियाचौर–बेनीघाट सडकको १३ किलोमिटर खण्डमा कालोपत्रेको काम सुरु

सुर्खेत ६ साउन ।

मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको बड्डीचौर–बाबियाचौर–बेनीघाट सडकको १३ किलोमिटर खण्डमा कालोपत्रेको काम सुरु भएको छ । प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीले बिहीबार कालोपत्रे योजना शिलान्यास गरेका हुन् ।

पहिलो चरणमा बराहताल गाउँपालिकाको बड्डीचौरदेखि पञ्चपुरी नगरपालिकाको खम्बागाडेसम्मको १३ किलोमिटर सडक कालोपत्रे हुने छ । झण्डै तीन दशक अघि निर्माण सुरु भएको यो सडक वर्षौँदेखि स्तरोन्नति हुन नसकेर जीर्ण अवस्थामा थियो ।

मन्त्री बिसीले पहिलो खण्ड बड्डीचौरबाट डोजर चलाएर कालोपत्रेको काम सुचारु गरेका हुन् । दुई वर्षअघि संघीय सरकारले मदन भण्डारी राजमार्ग नामकरण गरी सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारे पनि निर्माण कार्य अघि बढेको थिएन । संघ सरकारले स्तरोन्नतिका लागि ध्यान नदिएपछि अपनत्व लिएर प्रदेश सरकारले कालोपत्रेको काम अघि बढाएको हो ।

मन्त्री बिसीले पहिलो चरणमा बड्डीचौरदेखि खम्बगाडेसम्म सडक कालोपत्रे गरिने बताए । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ४२ करोड ४७ लाख ६१ हजार लागतमा निर्माण कम्पनीले सम्झौता गरेको छ । कालोपत्रेको जिम्मा अनक जयदेवी जेभी बाँकेले लिएको छ । निर्माण कम्पनी र पूर्वाधार विकास निर्देशनालय सुर्खेत बीच गत असार १४ गते निर्माण सम्झौता भएको थियो । कालोपत्रेको काम ०८१ असार २४ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने लक्ष्य लिइएको छ ।

निर्माण कम्पनीका अनुसार पहिलो चरणमा नाला निर्माण, सडक विस्तार लगायतका कामहरु गरिनेछ । यो सडकको सुरुवात ०५१ सालमा मै भएको थियो । निर्माण सुरु भएको लामो समयसम्म पनि स्तरोन्नति नहुँदा पश्चिम सुर्खेतका नागरिक हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे सडकको यात्रा गर्न बाध्य थिए । सल्यानको सीमानादेखि सुदूरपश्चिम जोड्ने बेनीघाटसम्म २ सय ३२ किलोमिटर सडक छ । वर्षौँदेखि सडक स्तरोन्नतिका लागि आवाज उठे पनि काम अघि बढ्न सकेको थिएन ।

स्राेत ः राताेपाटी

बड्डीचौर–बाबियाचौर–बेनीघाट सडकको १३ किलोमिटर खण्डमा कालोपत्रेको काम सुरु

नेपालमा फेरि कोरोना संक्रमण बढ्न थाल्याे

बड्डीचौर–बाबियाचौर–बेनीघाट सडकको १३ किलोमिटर खण्डमा कालोपत्रेको काम सुरु

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक

Leave a comment

Your email address will not be published. Required fields are marked *