नेपालमा फेरि कोरोना संक्रमण बढ्न थाल्याे

 

काठमाडाै‌ ६ साउन ।

नेपालमा फेरि कोरोना संक्रमण बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले भिडभाड हुने स्थानमा जाँदा अनिवार्य मास्क लगाउन आग्रह गरेका छन्।  मन्त्रालयका तर्फबाट सूचना निकालेर अधिकारीले विमानस्थल, हवाई, सार्वजनिक यातायातमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेका हुन्।

यस्तै गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने प्रकृतिका स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न भनिएको छ।  खोप नलगाएकाहरूले लगाउन पनि उनले आग्रह गरेका छन्। कसैलाई कोरोना लागे अस्पतालमा गई उपचार गराउन पनि मन्त्रालयले आग्रह गरेको छ। नेपालमा बिहीबार चार सय ३५ जनामा कोरोना देखिएको थियो।

तीन हजार ५६९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका थिए। अहिले देशभर दुई हजार ५३७ जना कोरोनाका सक्रिय संक्रमित छन्।

स्राेत ः सेताेपाटी

नेपालमा फेरि कोरोना संक्रमण बढ्न थाल्याे

कर्णालीमा श्रम स्वीकृति लिनेकाे संख्या बढ्याे

Leave a comment

Your email address will not be published. Required fields are marked *