१६ वर्षमा गणेशजल सहकारी, स्तरीय एवंं विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता

सुर्खेत, ८ जेष्ठ ।
गणेशजल बहुउदेश्यीय सहकारी संस्था लिमिटेड स्थापनाको १६औं वर्षमा प्रवेश गरेको छ । संस्थाले शनिबार आफ्नो १५औं स्थापना दिवस मनाएको छ । वार्षिकोत्सवको अवसरमा अध्यक्ष प्रेमकुमार वि.सी ज्यूले संस्थामा आबद्ध सम्पूर्ण संस्थापक, अग्रज नेतृत्व, सञ्चालक, सदस्य, कर्मचारी, सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्नुभएको छ ।
‘सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय उन्नयनका लागि समुदायमा आधारित गणेशजल सहकारीले विभिन्न आरोह र अवरोहबीच आज जुन पहिचान बनाएका छ, त्यसको आधार सदस्यहरुले संस्थाप्रति देखाएको विश्वास र सक्रियता, परिश्रमी कर्मचारी र नेतृत्व नै हो,’ संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘सहकारीका अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्तहरुलाई आत्मसाथ गर्दै कृर्षि कार्यक्रम, लघुवित्त कार्यक्रम, बचत तथा ऋण कारोबारसँगै, डिजिटल सेवा, सामाजिक कार्य, विभिन्न रचनात्मक कार्यकै कारण उत्कृष्ट संस्थाको पहिचान बनाउन सफल भएको छ ।
शेयर सदस्य, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमिति, सल्लाहकार समिति, कर्मचारीहरुकै योगदानका कारण सहकारी आजको अवस्थामा आइपुगेको अध्यक्ष विसीले बताउनुभयो ।
प्रविधि मैत्री सेवा प्रदान गर्दै आइरहेको सहकारीले आगामी दिनमा पनि स्तरीय एवंं विश्वसनीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता गरेको छ । संस्थाले स्थापना दिवसको अवसरमा २०७९ जेष्ठ महिना भरी संस्थामा सदस्यबन्दा लाग्ने प्रवेश शुल्क रु.५००।– छुट गरिएको छ ।
यो प्रवेश शुल्क यहि जेष्ठ १ गते देखि लागु भएकोमा यो अवधिमा करिव ५७६ जना नयां सदस्य संस्थामा आवद्ध भएको संस्थाका मुख्य अधिकृत रंगा बहादुर सिंहले जानकारी दिनुभयो । सहकारीको मुख्य कार्यालय जुम्लारोडमा छ भने सदस्य सेवा केन्द्रहरु वीरेन्द्रनगर १० खजुरा, र वीरेन्द्रनगर १५ ध्यूपोखरीमा रहेको छ ।






