ग्रीन भेञ्चर्स लिमिटेडको आईपीओ खुला

काठमाडौं, ८ चैत्र ।
ग्रीन भेञ्चर्स लिमिटेडले आईपीओ खुला गरेको छ । आईपीओमा आउँदो शुक्रवारसम्म आवेदन दिन सकिनेछ । ११ गतेसम्म सबै सेयर बिक्री नभएमा आउँदो २२ गतेसम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीले प्रति शेयर एक सय अङ्कित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

निष्काशन गरिएको शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार सात ५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । यस्तै ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

नागरिकले बाँकी २८ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले ओखलढुङ्गामा लिखु–४ जलविद्युत् आयोजना (५२ दशमलव ४ मेगावाट) को निर्माण कार्य २०७८ पुस ३० गते सम्पन्न गरी विद्युत् उत्पादन गरिरहेको छ ।

ग्रीन भेञ्चर्स लिमिटेडको आईपीओ खुला

ऋण लिएर कर्णालीका ग्रामीण बस्तीमा विद्युतीकरण गर्दै

ग्रीन भेञ्चर्स लिमिटेडको आईपीओ खुला

जसले सहकारी संस्था स्थापनामा संघर्ष गरे

Leave a comment

Your email address will not be published. Required fields are marked *