सिम्तामा कांग्रेस र माओवादीबाट एमाले प्रवेश

दुर्गा विसी
सिम्ता, १० फागुन ।
नेकपा एमाले सिम्ता गाउँपालिका वडा नं. ६ वडा कमिटीको बैठक सम्पन्न भएको छ । उक्त भेलामा नेकपा माओवादी केन्द्र छोड्नेहरुको ताँती लागेको छ ।
जिल्ला कमिटी सदस्य कोकिला सिंह, दीर्घ मल्ल, डिबहादुर अधिकारी लगायतका एमाले जिल्ला तथा स्थानीय नेताहरुले उनीहरुलाई प्रवेश गराएका छन् ।
भेलामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस परित्याग गरी ३३ जनाले नेकपा एमालेमा प्रबेश गरेको वडा कमिटी उपाध्यक्ष राजेन्द्र सिंह ठकुरीले जानकारी दिएका छन् ।
नव प्रवेशिहरुलाई टीका, खादा अविर लगाएर एमाले स्थानीय नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका छन् । वडा नं. ६ ले आयोजना गरेको वडा भेलामा प्रवेश कार्यक्रम आयोजना गरिएको थियोे ।







