ब्राण्ड बनेन कर्णालीको सुहाना

पुनम वि.सी.

सुर्खेत ५ साउन ।

सुर्खेतको बजारमा दुई किसिमका मसलाको उपलब्धता छ । एउटा, ठुला उद्योगहरुले ब्राण्ड’ जोडेर बजारमा ल्याएका मसला । अर्को, साधारण प्लाष्टिकले बेरेर आउने स्थानीय मसला । ठुला उद्योगको मसलाको तुलनामा बजारमा पाइने साधारण मसलाको पनि बजार आफ्नै छ । थोरै रकम र सानो पुडिया, यसको विषेशता हो । अर्को, धेरै मात्रामा मसलाहरु प्रयोग हुने जस्तै होटल, रेष्टुरेन्ट, भोजलगायतका क्षेत्रमा स्थानीय स्तरमै मिश्रण भएको मसलाले समेत आफ्नो उपस्थिती जनाउने गरेको छ ।

परिकारमा स्थानीय स्वाद, र न्युनतम मुल्य नै स्थानीय मसलाको विषेशता हो । सुर्खेतको मसला बजारलाई मध्यनगर गर्दै वीरेन्द्रनगर–१० का महिलाहरु यस बजारमा आफ्नो उपस्थिती जनाउन मसला उद्योग नै सञ्चालनमा ल्याउने प्रयत्नको शुरुवात गरे । वीरेन्द्रनगर–१० स्थित मुस्लिम समुदायका महिलाहरुका लागि मसला मिश्रणको रैथाने ज्ञान नै उद्योग स्थापनाका लागि धारिलो हतियार बन्यो । यो समुदायमा खासगरी मसलाको प्रयोगमा विविधता छ ।

समुदायले सदियौँ देखि नै आफ्नै मिश्रणको मसलाको प्रयोग गर्दे आएको छ । कर्णाली मसला उद्योगकी संयोजक रफितुल खान भन्छिन्, ।हाम्रो समुदायले पहिलेदेखि नै मसला आफै बनाउदै आएको थियो । समयुदायका कयौँ घरले स्थानीय स्तरमै उपलब्ध कच्चापदार्थको प्रयोग गरि बजारमा मसला पु¥याउने पनि गर्नुहुन्छ । हाम्रो मसलाले यो भेगमा आफ्नै स्वाद बोकेको छ । र, यो रुचाइएको पनि छ ।’ समुदायमा प्रयोग भईरहेको मसला र यसको मिश्रण विधिलाई संस्थागत गर्दै उद्योग नै स्थापना गर्ने उदेश्यले गत वर्ष २०७८ मा रफितुल खानको संयो जकत्वमा कर्णाली मसला उद्योग स्थापना भयो ।

उद्योगमा खासगरी पाँच जना महिला सामुहिक नेतृत्व गर्दे थिए । वीरेन्द्रनगर–१० कै जमिला विवि, तैबुन खान, इदमा मियाँ र खतिजा खान उद्योगको साझेदार लगानीकर्ता हुन् । समुदायबाट बजारमा स्थानिय मसलाको नाममा गईरहेको मसलालाई उनिहरु आफ्नै नाम दिन चाहन्थे । मसलाको मिश्रण उहि थियो, कच्चापदार्थ पनि उहि, नाम तय भयो, सुहाना’ घरमा सिलौटोमापिधेको मसलाको स्वादलाई यि महिलाहरु ।

 

सुहाना’को नामबाट बजारमा परिचित गराउन चाहन्थे । मुस्किल टक्कर समुदायको त्यो स्वावलाई परिचय दिदै गर्दा बजारमा सुहाना मसलालाई ब्राण्डकै रुपमा उभिनुपर्ने भयो । सानो लगानीबाट शुरु भएको कर्णाली मसला उद्योगले अन्य ब्राण्डसँग टक्कर गर्न सकेन । जसको मुख्य कारण थियो, महंगो ।।।प्याकेजिङ’ ।

करिव २० लाख रुपैयाँ लगानीमा सुरु भएको यो उद्योगले आफ् नो स्थापनार्थ पूर्वाधार मात्र जोडेको थियो । जग्गा लिजमा लिएर उद्योगले तीन कोठे भवन बनाएको थियो । मसला पिध्ने मेशिन तथा प्याकेजिङ मेशिन समेत जोडिएका थिए । तर उद्योगले ठुलो मात्रामा कच्चा पदार्थ भने खरिद गर्न सकेन । प्याकेजिङ कच्चापदार्थ नै महंगो पर्न थाल्यो । उद्योगकी सञ्चालक रफितुल खान भन्छिन्, ।

हामीले बजारबाट कच्चा पदार्थ खरिद गरौँ । र, मसला मिश्रण गर्दै प्याकेजिङ सुरु ग¥र्यौ । तर यसअघि स्थानीय मसलाको रुपमा बजारमा गएको हाम्रो मसलाले प्याकेजिङ सहित महंगोमा जानुपर्ने भयो । मुल्यको रुपमा हामीले कर्णालीमा भित्रने अन्य ठुला उद्यागेका मसलासँग प्रतिष्पर्धा गर्न सकेनौँ ।’

उद्योगले ५० ग्राम देखि एक सय ग्राम तौलसम्मका प्याकेटमा मसला उत्पादन गरिरहेको छ सब्जी मसला’ र मिट मसला’मा आफ्नो उत्पादन सुरु गरेको उद्योगले एक घण्टामा दुई हजार सात सय प्याकेट मसला उत्पादनको क्षमता राख्दछ । बजारमा सुहाना मसलाको खपत बढाउन उद्योगलाई अहिले लगानी अभाव रहेको उनले बताइन् । लगानी जुटे बजारसंग प्रतिष्पर्धा उद्योगमा बजार प्रतिष्पर्धाका लागि लगानी जुटाउन नसकिरहेको अवस्थामा ऋणको उपलब्धता हुन सके मसलाको बजारमा प्रतिष्पर्धामा उत्रन सक्ने खान बताउछिन् ।

उनले भनिन्, १५ लाख जति ऋण नै पाएपनि हाम्रो सुहाना मसलाले बजारमा ब्राण्डको नाम पाउनेमा हामी ढुक्क छाै  ।’ उद्योगलाई अव खासगरी प्याकेजिङ र मसलाको कच्चा पदार्थ खरिदका लाागि लगानी आवश्यक छ । धेरै मात्रामा कच्चा पदार्थ खरिद गर्न सके न्युनतम मुल्यमा खरिद हुने र उद्योगले उत्पादन बजारमा न्युनतम मुल्यमै खपत गराउन सकिने उनिहरुकाे धारणा छ ।

 

ब्राण्ड बनेन कर्णालीको  सुहाना

बाघले आतंक मच्चाउदा स्थानिय त्रसित

ब्राण्ड बनेन कर्णालीको  सुहाना

सम्पादकीय : वर्षको तिक्तता नबढाउ

Leave a comment

Your email address will not be published. Required fields are marked *