काञ्जिरोवा हिमाल आरोहण : अनुदान लिन काेहि अाएनन्

सुर्खेत, ५ साउन  ।

डोल्पाको काञ्जिरोवा हिमाल निःशुल्क आरोहण गराउने प्रदेश सरकारको योजना पूरा हुन सकेन ।कर्णाली प्रदेश सरकारले प्रदेशको पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित निःशुल्क काञ्जिरोवा हिमाल आरोहण शीर्षकमा विनियोजित ६० लाख रुपियाँ रकम फ्रिज भएको छ । निःशुल्क काञ्जिरोवा हिमाल आरोहण गर्न कुनै पनि पर्वतारोही कम्पनी तथा आरोहण दल तयार नभएपछि बजेट फ्रिज भएको हो ।

कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले काञ्जिरोवा हिमाल आरोहण गराउने उद्देश्यले आर्थिक वर्ष २०७८÷७९ मा दुई पटक सूचना प्रकाशित गरेको थियो । दुवै पटकको सूचनामा आरोहण गराउन इच्छुक कम्पनीको आवेदन परेन ।

मन्त्रालयका अनुसार आरोहण दलमार्फत अन्तर्राष्ट्रियस्तरसम्म कर्णालीका हिमालको पहिचान गराउने उद्देश्यले मन्त्रालयले बजेट विनियोजन गरेको थियो । बजेट खर्च हुन नसकेपछि अन्ततः मन्त्रालयले आर्थिक वर्ष २०७९÷८० मा पुनः यो कार्यक्रमलाई निरन्तरता दिएको छ ।

मन्त्रालयका सचिव मोहनदेव जोशीका अनुसार सगरमाथालगायत पूर्वतिरका हिमाल आरोहण गर्ने समय जुध्नुले पनि काञ्जिरोवा हिमाल आरोहणमा आरोही उत्सुक बन्न सकेनन् । अर्कातिर हिमाल आरोहणलाई सार्वजनिक खरिद ऐनअनुसार वस्तु या सेवा कुन मान्ने भन्नेबारेमा परामर्शदाता दुविधामा परेकाले बजेट कार्यान्वयनमा जान नसकेको सचिव जोशीको निष्कर्ष छ ।

उनले भने  “हामीले सार्वजनिक सूचनामा सेवामूलक भनेर उल्लेख गर्यौं तर पर्वतारोहणसम्बन्धी कम्पनीले यसलाई वस्तुका रूपमा प्रस्ताव खरिद गर्नुहुँदोरहेछ ।”उनले भने  “काञ्जिरोवा हिमाल सगरमाथाजस्तो व्यावसायिक आरोहण गर्ने हिमालमा परेन । त्यसैले मन्त्रालयले वस्तु नभई सेवाका रूपमा प्रस्ताव माग्यो । हामीले आरोहण कार्यक्रमलाई वस्तु मान्न सकेनौँ । जसले गर्दा प्रस्तावक आवेदनमै दुविधामा परे ।”

डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–९ मा अवस्थित काञ्जिरोवा हिमाल छ हजार ८८३ मिटर उचाइमा छ । काञ्जिरोवा हिमालमा अहिलेसम्म व्यावसायिक आरोहण भएको छैन । टे«किङ र पर्वतारोहणका लागि यो क्षेत्र निकै महत्वपूर्ण रहे पनि प्रचारप्रसारको अभावमा ओझेलमा छ । डोल्पामा समुद्री सतहदेखि पाँच हजार मिटरभन्दा माथिका बाह्रै महिना हिउँले ढाकिने हिमाली क्षेत्र र छ हजार मिटरभन्दा अग्ला धौलागिरि, चुरेन, पुथा हिमचुली, माउन्ट पुथा हिमचुली, मुकोट हिमाल, डाँफे शैल, अरनिको चुलीलगायत हिमाल छन् ।

चालू आर्थिक वर्षमा यो कार्यक्रमलाई निरन्तरता दिइएको र सफल बनाएरै छोड्ने सचिव जोशीले दाबी गरे । कर्णाली प्रदेशले यहाँका हिमाल आरोहणलाई उपयुक्त छन् भन्ने सन्देश दिन खोजेकोे उनले उल्लेख गरे। कर्णालीका हिमालको पहिचान, विश्वमा प्रचारप्रसार गराउने उद्देश्यका साथ यस वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिएको सचिव जोशीले बताए ।

गोरखापत्र

काञ्जिरोवा हिमाल  आरोहण :  अनुदान लिन काेहि अाएनन्

लोप हुने अवस्थामा दौउडा

काञ्जिरोवा हिमाल  आरोहण :  अनुदान लिन काेहि अाएनन्

निर्धक्कसाथ विद्यालयमै प्याडकाे प्रयोग

Leave a comment

Your email address will not be published. Required fields are marked *