लोप हुने अवस्थामा दौउडा

हुम्ला, ५साउन  ।

उत्तरी हुम्लाका लामा समुदायबाहेक अन्य जातिका अविवाहित युवतीले लगाउने दौउडा लोप हुने अवस्थामा पुगेको छ । पछिल्लो पुस्ताका युवती सबै आधुनिक कुर्ता सलवार लगाउने र दौउडा कसैले नलगाउने भएपछि यो पोसाक लोप हुने अवस्थामा पुगेको हो । खार्पुनाथ गाउँपालिका–४ की जयपुरी हमालले सानो उमेरमा लगाएको दौउडा अहिले भने लगाउन छाडेको बताए  ।

उनले विद्यालयमा माथिल्लो कक्षामा अध्ययन गर्न थालेपछि सबै छात्राले सो डौउदा लगाउन छाडेका कारण यो पोसाक नै लोप हुने अवस्थामा पुगेको बताए  । हुम्लामा दौउडा लगाउने सबै अविवाहित युवती भनेर पहिचान हुने गथ्र्यो । एउटा घरमा अविवाहित छोरी मान्छेका लागि कम्तीमा पनि दुईदेखि तीन जोर यो पोसाक वर्षमा नयाँ सिलाउने गरिन्थ्यो ।

स्थानीय बबरजङ्ग हमालले अहिलेका अविवाहित युवती सबैले यो पोसाक लगाउन छाडेको बताए । उनले  छोरी पनि विद्यालयमा पढ्न जान थालेपछि कुर्ता सुरुवाल लगाउनाले डौउदा लोप हुने अवस्थामा पुगेको बताए  । उत्तरी हुम्लाका सामा समुदायका महिलाबाहेक अन्य सबै जातिका अविवाहित छोरी मान्छेले पुस्तौँदेखि यो पोसाक लगाउँदै आएका  थीए ।

 पछिल्ला चार–पाँच वर्षयता दौउदा लगाउने छोरीमान्छे भेट्टाउनै नसकिने उनले बताए ।बरु यो पनि एक पहिचान भएका कारण विद्यालय, वडा कार्यालय र स्थानीय सांस्कृतिक संस्थाहरूले यो पोसाक सिलाएर राख्ने गरेका  छन । दौउदा लगाएर सांस्कृतिक कार्यक्रममा भने युवतीहरू नाच्ने र देउडा गाएको देखिन्छ ।

 स्राेत ः गाेरखापत्र

लोप हुने अवस्थामा दौउडा

जुम्लाका दुईवटा विद्यालयमा सुविधायुक्त शौचालय निर्माण

लोप हुने अवस्थामा दौउडा

काञ्जिरोवा हिमाल आरोहण : अनुदान लिन काेहि

Leave a comment

Your email address will not be published. Required fields are marked *