पूर्णमान श्रेष्ठलाई मध्यपश्चिम विश्वविद्यालयबाट पहिलो विद्यावारिधि

सुर्खेत, ९ फागुन ।
मध्यपश्चिम विश्वविद्यालयबाट पहिलो विद्यावारिधिको उपाधि पूर्णमान श्रेष्ठले हासिल गरेका छन् । व्यवस्थापन संकाय डीनको कार्यालयअन्तर्गत सञ्चालित विद्यावारिधि कार्यक्रममा प्रथम ब्याचका शोधार्थी श्रेष्ठले उपाधि हाँसिल गरेका हुन् ।

सुर्खेतको वीरेन्द्रनगर–५ निवासी उनी विश्वविद्यालयकै व्यवस्थापन केन्द्रीय क्याम्पसमा सहप्राध्यापक हुन् । उनले नेपाली कम्पनीहरुको शेयरको प्रतिफलमा फर्मको विशेषता र म्याक्रो इकोनोमिक चरहरुको प्रभाव विषयमा विद्यावारिधि गरेका हुन् ।

श्रेष्ठले विद्यावारिधिका लागि विश्वविद्यालय अनुदान आयोगबाट पूर्ण छात्रवृत्ति प्राप्त गरेका थिए । विश्वविद्यालयले पहिलोपटक २०७५ जेठमा विद्यावारिधिका लागि भर्ना आह्वान गरेको थियो ।

व्यवस्थापन सङ्कायका डीन प्रा. डा. दीपबहादुर रावलको अध्यक्षतामा सम्पन्न सोध भाइभा डिफेन्समा नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुको सहभागिता रहेको थियो ।

डीन कार्यालयका अनुसार सोध भाइभामा प्रा.डा.नारायणप्रसाद पौडेल, पूर्वमूल्याङ्कनकर्ता प्रा.डा. राधेश्याम प्रधान, शोध निर्देशक प्रा. डा. राजनबहादुर पौडेल, शोध सहनिर्देशक प्रा. डा. पुष्कर बज्राचार्य, बाह्य शोध मूल्याङ्कनकर्ता प्रा. डा. अञ्जनीकुमार मालवीय, बाह्रय शोध मूल्याङ्कनकर्ता प्रा. डा. सदाय हमाल, प्रा. डा. चन्द्रप्रसाद रिजाल, अनुसन्धान समिति सदस्य डा. अमृतकुमार शर्मा गैरेको उपस्थिति रहेको थियो ।

पूर्णमान श्रेष्ठलाई मध्यपश्चिम विश्वविद्यालयबाट पहिलो विद्यावारिधि

फोर्सको ठक्करबाट वडा अध्यक्ष कार्की गम्भिर घाइते

पूर्णमान श्रेष्ठलाई मध्यपश्चिम विश्वविद्यालयबाट पहिलो विद्यावारिधि

कोहलपुरमा ट्रकले महिला प्रहरीको ज्यान लियो

Leave a comment

Your email address will not be published. Required fields are marked *