दक्षिण कोरिया–भेरीगंगा सम्पर्क समितिद्धारा रकम हस्तान्तरण

सुर्खेत, ४ भदौं ।
भेरीगंगा नगरपालिका स्थायी घरभई रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका युवाहरुले छात्रवृत्ति कोष स्थापना गरेका छन् । भेरीगंगा नगरपालिका–४, निवासी लालबहादुर परियारका छोरा प्रेम परियार क्यान्सर रोगका कारण स्वास्थ्य अबस्था बिग्रदै गएको हुँदा थप उपचार गराउन आर्थिक समस्या भएको थियो ।

उनको थप उपचारको लागि कोरियामा विभिन्न कार्यक्षेत्रमा कार्यरत भेरीगंगा न.पा. का युवा लगायत नेपाली दाजुभाईहरुले आर्थिक सहयोग संकलन गरेका थिए । अभियाननै चलाएर रकम संकलन गरी एक लाख एक सय एघार रुपैयाँ शैक्षिक कोषका लागि हस्तान्तरण गरिएको छ ।

अभियान रकम हस्तान्तरण गर्ने तयारी गर्दागर्दै विरामीको देहवसान भएको र उक्त रकम निजका नावालक छोराको शैक्षिक कार्यमा सदुपयोग होस भन्ने उद्देश्यले समिति र परिवारवीच सहकार्य गरी नाबालकको परिवार संरक्षक रहने गरी नावालकको नाममा बैंकमा मुद्दति खाता खोली समितिका निवर्तमान कार्यसमिती पदाधिकारीहरु स्वयम् स्व. प्रेम परियारको घरमै पुगि चेक हस्तान्तरण गरिएको छ ।

भेरीगंगा न.पा. सम्पर्क समिति (सुर्खेत) दक्षिण कोरियाको सामाजिक दायित्व अन्तर्गत स्थापना कालदेखिनै भेरीगंगा नगरपालिका भित्र स्वास्थ्य, शिक्षामा सहकार्य र सहयोग गर्दै आईरहेको र त्यसै अन्तर्गत उक्त अभियान संचालन गरी रकम हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष ओमप्रकाश ओलीले जानकारी दिए ।

दक्षिण कोरिया–भेरीगंगा सम्पर्क समितिद्धारा रकम हस्तान्तरण

YUGAAWHAN NATIONAL DAILY (2079-05-04)

दक्षिण कोरिया–भेरीगंगा सम्पर्क समितिद्धारा रकम हस्तान्तरण

हाम्रो बेला चौपाँचे हुन्थ्यो, चार लिने पाँच

Leave a comment

Your email address will not be published. Required fields are marked *