एमाले निकट इन्जिनियरिहरुको संस्था ‘पिन’ कर्णालीको अध्यक्षमा पोखरेल

सुर्खेत, ४ भदौ‌ ।
नेकपा एमाले पार्टी निकट इन्जिनियरहरुको संगठनको प्रदेश भेला शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । प्रोग्रेसिभ ईन्जिनियर एसोसिएसन नेपाल (पिन)कर्णाली प्रदेशको दोस्रो अधिबेसनबाट अध्यक्षमा टीकाराम पोखरेल निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न अधिवेशनले उनको नेतृत्वमा १९ सदस्यीय प्रदेश समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा सुरेन्द्रजंग शाही, सचिवमा वालाराम तिवारी, सह–सचिवमा सन्तोष थापा र कोषाध्यक्षमा योगेन्द्र बुढा चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा सरोज न्यौपाने, अमित पौंडेल, सागर लम्साल, कौशल के सि, मेनुका भण्डारी, बबिता गुरुङ्ग, खगेन्द्र केसी, गोपाल घिमिरे, चेतन उपाध्याय, प्रवीण पुलामी मगर, क्षेत्र बोहरा, पुष्पराज उपाध्याय, कृष्ण बहादुर खड्का र विकास जिसी निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष पोखरेलले आफूले इन्जिनियरहरुको हितमा काम गर्ने बताए । ‘हामी कर्णालीका इन्जिनियरमाथि हुने विभिन्न खालका विभेद अन्त्य गर्न लागिपर्नेछौं ।’ कुरा गर्दै उनले भने, ‘हाम्रा समस्यालाई समाधान गर्न निरन्तर पहल गर्नेछौं ।’

एमाले निकट इन्जिनियरिहरुको संस्था ‘पिन’ कर्णालीको अध्यक्षमा पोखरेल

अष्टिम्की पर्व र चित्रकलाको महत्व

एमाले निकट इन्जिनियरिहरुको संस्था ‘पिन’ कर्णालीको अध्यक्षमा पोखरेल

YUGAAWHAN NATIONAL DAILY (2079-05-04)

Leave a comment

Your email address will not be published. Required fields are marked *