कर्णालीमा प्रदेशसभा प्रत्यक्षतर्फ : ६ लाख ९३ हजार मत खस्ने पूर्वानुमान

पुनम वि.सी.
सुर्खेत, ३ मंसिर ।
२०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका वखत कर्णालीमा कुल आठ लाख ४६ हजार नौं सय ४१ मतदाता थिए । पाँच वर्षको समयमा कर्णालीमा एक लाख ६१ हजार चार सय ६२ मतदाता थपिएका छन् । हाल प्रदेशमा कुल १० लाख आठ हजार चार सय तीन जना मतदाता नामावलीमा समावेश छन् ।

यसअघिको प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा हेर्ने हो भने कर्णालीमा ६८ दशमलव ७१ प्रतिशत मत खसेको देखिन्छ । प्रतिशतका आधारमा सबैभन्दा धेरै मत खसेको जिल्ला हुम्ला हो । हुम्लाका ८० प्रतिशत मतदाता मतदानमा सहभागी भए । यहाँ अघिल्लो निर्वाचनमा कुल २७ हजार चार सय ३५ मतदाता थिए, जसमध्ये २१ हजार नौं सय ७० मतदाता मतदानमा सहभागी भएका छन् ।

यसैगरी मतदाताको न्यून उपस्थित रहेको जिल्ला सल्यान रह्यो । सल्यानका कुल एक लाख ३४ हजार दुई सय १३ मतदाता मध्ये ८३ हजार सात सय ६६ जना मतदाताले मतदान गरेको निर्वाचन आयोगको तथ्यांक छ । कर्णालीका अन्य जिल्लाहरुको तुलनामा सल्यानमा ६२ दशमलव ४१ प्रतिशत मतदाताले मतदान गरेका थिए ।

२०७४ को प्रदेश सभाका लागि प्रत्यक्षतर्फ खसेको मतलाई आधार मान्ने हो भने हालको निर्वाचनमा ६ लाख ९३ हजार एक सय ८८ मत खस्ने सम्भावना देखिन्छ । यस तथ्यांकलाई आधार मान्ने हो भने कर्णालीमा ६८ दशमलव ७४ प्रतिशत मत खस्नसक्ने आंकलन गर्न सकिन्छ । जिल्लागत सहभागिता के होला ? जिल्लागत रुपमा हेर्दा कालिकोटमा यस अघि ४२ हजार ६ सय ६३ मत खसेको थियो ।

अहिलेको कालिकोटमा ८० हजार सात सय ३३ मतदाता छन् । अघिल्लो निर्वाचनको तथ्यांक आधार मान्ने हो भने यस पालिको निर्वाचनमा कालिकोटमा ५३ हजार २१ मत खस्ने सम्भावना देखिन्छ । यसैगरी जाजरकोटमा हाल एक लाख तीन हजार तीन सय ६३ मतदाता छन् । यस अघि जाजरकोटमा ६० हजार नौं सय ९६ मत खसेको थियो ।

सोहि तथ्यांकलाई आधार मान्ने हो भने जाजरकोटमा ७४ हजार सात सय ४३ मत खस्न सक्छ । जुम्लामा यसअघि ४१ हजार चार सय ५९ मत खसेको देखिन्छ । अहिले जुम्लामा मतदाताको संख्या ६८ हजार ६ सय ३८ पुगेको छ । यस आंकलनमा जुम्लामा ४८ हजार एक सय ८३ मत खस्न सक्छ । संख्यात्मक रुपमा सबैभन्दा थोरै मतदाता रहेको जिल्ला डोल्पा हो । यस अघिको निर्वाचनमा डोल्पामा कुल १८ हजार सात सय ६८ मतदाता थिए ।

सो समयमा १५ हजार आठ सय १३ मत खसेको थियो । अहिले यहाँ २२ हजार सात सय ७४ मतदाता छन्, अघिल्लो निर्वाचनको आधारमा यसपाली डोल्पामा १९ हजार एक सय ८८ मत खस्न सक्छ । कर्णालीमा धेरै मतदाता रहेको जिल्लामध्ये दैलेख दोस्रोमा पर्छ ।

यहाँ हाल एक लाख ५८ हजार नौं सय ५८ मतदाता छन् । अघिल्लो निर्वाचनमा दैलेखमा कुल ६५ दशमलव ८२ प्रतिशत मात्र मत खसेको थियो । सोहि आधारमा हाल एक लाख चार हजार ६ सय ३३ मत खस्ने आंकलन छ । मत बदर हुने जिल्लामध्ये दैलेख धेरै मत बदर रहने जिल्ला पनि हो । यसअघिको निर्वाचनमा मुगुमा ७८ दशमलव ८१ प्रतिशत मत खसेको थियो ।

सो समय मुगुमा ३० हजार १५ जना मतदाता थिए, अहिले ३५ हजार चार सय ८५ जना मतदाता पुगेका छन् । यस आधारमा यहाँ २७ हजार नौं सय ६७ मत खस्ने सम्भावना देखिन्छ । रुकुम पश्चिममा अहिले एक लाख चार हजार दुई सय ८० जना मतदाता छन् । यसअघिको निर्वाचनमा यहाँ ८४ हजार ३२ मतदाता मध्य ५५ हजार चार सय ४८ मतदाता निर्वाचनमा सहभागी भएको देखिन्छ ।

सोहि तथ्यांकलाई आधार मान्दा यसपालीको निर्वाचनमा रुकुम पश्चिममा ६८ हजार आठ सय नौं मतदाता निर्वाचनमा सहभागी हुन सक्छन् । सल्यानमा यसअघि एक लाख ३४ हजार दुई सय १३ मतदाता थिए, अहिले यो संख्या एक लाख ५७ हजार सात सय एक पुगेको छ । अघिल्लो निर्वाचनमा यहाँ ८३ हजार सात सय ६६ मत खसेको थियो । हालको समयमा भने ९८ हजार चार सय २६ मत खस्ने आँंकलन गर्न सकिन्छ । कर्णाली प्रदेशमा

सबैभन्दा धेरै मतदाता रहेको जिल्ला सुर्खेत हो । यसअघि यहाँ दुई लाख चार हजार पाँच सय ५७ मतदाता थिए, अहिले यो संख्या दुई लाख ४३ हजार ६ सय १४ पुगेको छ । यसअघिको निर्वाचनमा यहाँ ७० दशमलव ५७ प्रतिशत अर्थात एक लाख ४४ हजार तीन सय ६० मत खसेको थियो । सोहि आधारमा हालको निर्वाचनमा सुर्खेतमा एक लाख ७१ हजार नौं सय सात मत खस्न सक्छ । अघिल्लो प्रदेशसभाको प्रत्यक्षतर्फ सबैभन्दा धेरै मत खसेको जिल्ला हुम्लामा ८० प्रतिशत बढी मत खसेको थियो ।

सो समयमा हुम्लाका २७ हजार चार सय ३५ मतदाता मध्यबाट २१ हजार नों सय ७० मत खसेको थियो । हाल हुम्लामा ३२ हजार आठ सय ५७ मतदाता छन् । यहाँ २६ हजार तीन सय १२ मत खस्न सक्छ ।

घट्लान त बदर मत ? 

२०७४ को प्रदेशसभा प्रत्यक्षतर्फ आएका कुल मतमध्ये २६ हजार पाँच सय ११ मत बदर भएका थिए। सो समयमा पाँच लाख ८१ हजार नौं सय ४८ मत खसेको थियो । सोमध्ये पाँच लाख ५५ हजार चार सय ३७ मत मात्र सदर मत रहेको निर्वाचन आयोगको तथ्यांक छ ।

त्यतिबेला कालिकोटमा दुई हजार चार सय ५७ मत बदर भए । यसैगरी जाजरकोटमा चार हजार ५८, जुम्लामा एक हजार पाँच सय ५२, डोल्पामा तीन सय ६१, दैलेखमा चार हजार चार सय ३७, मुगुमा आठ सय ५६, रुकुम पश्चिममा दुई हजार तीन सय ६६, सल्यानमा पाँच हजार नौं सय, सुर्खेतमा तीन हजार नों सय १६ र हुम्लामा ६ सय आठ मत बदर भएको आयोगको तथ्यांक छ ।

यी तथ्यांकलाई आधार मान्ने हो भने कर्णालीभर कुल ३१ हजार ६ सय चार मत बदर हुनसक्ने आंकलन गर्न सकिन्छ । संख्यात्मक रुपमा हेर्दा सल्यानमा सबैभन्दा धेरै करिव ७ हजार हाराहारी मत बदर हुन सक्छ । यसैगरी सबैभन्दा थोरै मत बदर हुने जिल्लाका रुपमा डोल्पा हुन सक्छ । यहाँ साढे चार सयसम्म मत बदर हुने आंकलन गर्न सकिन्छ ।

मतदाता शिक्षाकै परीक्षा

निर्वाचनका दुई महत्व हुन्छन्, बढीभन्दा बढी सहभागिता र बदर मतको न्यूनिकरण । आसन्न निर्वाचनमा यी दुई पक्षलाई हेर्ने हो भने अघिल्लो तुलनामा मतदाता सहभागिता संख्या बढ्दा बदर मतको संख्या पनि तुलनात्मक रुपमा बढ्न सक्छ । बदर मत घटाउने प्रमुख विकल्प नै मतदाता शिक्षा हो । मतदान प्रक्रियाका विषयमा मतदाताका सामु पर्याप्त सूचना भएमा बदर मत खट्न सक्छ ।

यसपालीको निर्वाचनमा मतदाता शिक्षाका लागि निर्वाचन आयोगले स्थानीय तहलाई जिम्मेवारी सुम्पिएको थियो । मतदाता शिक्षा सामाग्री उपलब्ध गराएपछि स्थानीयस्तरमै पालिकाले मतदाता शिक्षा थप प्रभावकारी बनाउनसक्ने आयोगको आंकलन छ । निर्वाचनले मतदाता शिक्षाको विषयमा समेत नतिजा ल्याउनेछ ।

यता प्रदेश निर्वाचन आयोगको कार्यालय, सुर्खेतका निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसे भने अघिल्लो निर्वाचन भन्दा धेरै मत खस्ने आंकलन रहेको जनाउँछन् । उनले भने, ‘अघिल्लो निर्वाचन भन्दा धेरै मत खस्ने आंकलन गरेका छौँ ।’

कर्णालीमा प्रदेशसभा प्रत्यक्षतर्फ : ६ लाख ९३ हजार मत खस्ने पूर्वानुमान

मत हाल्न ८ घण्टा पैदल

कर्णालीमा प्रदेशसभा प्रत्यक्षतर्फ : ६ लाख ९३ हजार मत खस्ने पूर्वानुमान

रामे र रोशन : रामारोशन

Leave a comment

Your email address will not be published. Required fields are marked *