आँखा शिविरबाट ६५ जेष्ठ नागरिकले पुनः संसार देख्न पाए

दुर्गा विसि
कार्तिक,2 सल्यान ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नेपाल नेत्रज्योति संघ,राप्ती आँखा अस्पताल दाङ्को प्राविधिक सहयोग तथा बन्गाड कुपिन्डे नगरपालिकाको स्थानीय व्यवस्थापनमा आँखा शिविर सञ्चालन गरिएको थियोे ।प्रभाकर माध्यमिक बिद्यालय देवस्थल सल्यानमा असोज ३१ र आज गरि जम्मा ४ सय ६४ जनाले आँखाको चेकजाँच गराएका छन् ।
दुई दिन सम्म संचालन भएको निशुल्क आँखा शिविरमा ४ सय वढिले आँखा चेक जाँच हुनुका साथै ६५ जनाको आँखाको मोतिबिन्दुको अप्रेसन गरिएको छ ।आँखा शिविरमा रेडक्रस देवस्थल उप शाखाको पहलमा सो कार्यक्रम आयोजना गरिएको थियोे ।

रेडक्रसको पहलमा प्रत्येक वर्ष यश क्षेत्रमा आँखा शिविर सञ्चालन हुने गरेको छ भने यश पटक भने स्थानीय सरकारले राम्रो समन्वयकारि भुमिका निर्भहा गरेकोमा रेडक्रस उप शाखा देवस्थलका सभापति पुष्कर विसिले यो कार्यक्रम सहभागी रहि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सकारात्मक भुमिका निभाउने सबै निकायलाई धन्यवाद व्यक्त गरेका छन् ।

शिविरमा आँखा चेकजाँच तथा शल्यक्रिया पश्चात् जेष्ठ नागरिकहरुले निशुल्क आँखा शिविर कार्यक्रम आयोजना गरि जेष्ठ नागरिकहरुको सधैं हितमा काम गर्ने निकाय प्रति धन्यवाद समेत दिएका थिए ।






