अहिलेको गठबन्धन रहरले नभई राष्ट्रिय परिस्थीतीले निम्त्याएको काग्रेस उपसभापती खड्काको भनाई

दिलिप ढकाल
कात्तिक,२ सुर्खेत ।

नेपाली काग्रेसका केन्द्रिय उपसभापती पुर्ण बहादुर खड्काले अहिलेको गठबन्धन रहरले नभई राष्ट्रिय परिस्थीतीले निम्त्याएको आवश्यकता भएको बताए ।  २०७२ मा जारी नेपालको संविधान र व्यवस्थाको रक्षाका खातीर गठबन्धन आवश्यक भएको बताए ।

गुर्भाकोट नगरपालिका मेहेलकुनाको सिटिहलमा आयोजीत निर्वाचन क्षेत्र नं. १ स्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खड्काले संविधान माथिको प्रहार, संविधानको रक्षा, स्थिरता र नवीनतम अभियानलाई स्थापित गर्न गठबन्धनको विजय आवश्यक रहेको बताए ।

सुर्खेत निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका खड्काले विगतमा भएका सबै खाले उतारचढाव र घटनाको स्मरण गर्दै लोकतन्त्र र संविधानको रक्षाका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार लिएर चुनावमा गएको उल्लेख गर्दैै आसन्न मङ्सिर ४ गते गठबन्धनका उम्मेदवारलाई भोट दिन कार्यकर्तालाई अपील रहेको बताए ।

स्थानिय निर्वाचनमा मत रद्द भएको विषयलाई स्मरण गराउदै उपसभाती खड्काले गठबन्धनका सवै कार्यकर्ता साझा रुपमा गाउ गाउ गएर मतदान गर्ने तरीकाको शिक्षा प्रदान गर्न निर्देशन समेत दिए । नेपाली काग्रेस क्षेत्रिय कार्यसमितीको आयोजनामा भएको कार्यक्रममा निर्वाचन क्षेत्र नं. १ अगुवा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

अहिलेको गठबन्धन रहरले नभई राष्ट्रिय परिस्थीतीले निम्त्याएको काग्रेस उपसभापती खड्काको भनाई

नवौं राष्ट्रिय खेलकुद ः पुरानो म्याटमा भलिबल

अहिलेको गठबन्धन रहरले नभई राष्ट्रिय परिस्थीतीले निम्त्याएको काग्रेस उपसभापती खड्काको भनाई

आँखा शिविरबाट ६५ जेष्ठ नागरिकले पुनः संसार

Leave a comment

Your email address will not be published. Required fields are marked *