स्वतन्त्र उम्मेदवार नर बहादुर कार्कीको जोखिमपूर्ण यात्रा
दिपेन्द्र शर्मा
जाजरकोट, २ कार्तिक ।
जाजरकोटबाट प्रतिनिधी सभाका उम्मेदवार नरबहादुर कार्कीलाई लक्षित गर्दै भीरबाट ढुंगा खसालीएको छ । ढुंगा खस्दा उनी बालबाल बाँचेका छन् । चुनावी प्रचारको क्रममा नलगाड नगरपालिका १३ बाट फर्किदै गदै जाजरकोट डोल्पा सडकको रुकुम पश्चिमको अन भन्ने ठाउँमा आफुलाई लक्षित गदै ढुंगा खसालिएको उनले बताए ।
ढुंगाले चुनावी अभियानका सदस्य अनिल बस्नेतको खुट्टा भाँचिएको छ । घाइते बस्नेतलाई थप उपचारको लागि नेपालगंज पठाइएको छ । मोटरसाइकलमा आइरहेका बस्नेतमाथी ढुगा खस्दा कार्की २ मिटरको दुरीमा थिए । उक्त घटनालाई नियोजित षड्यन्त्रको संज्ञा दिदै स्वतन्त्र उम्मेदवार कार्कीले भने, मलाई मार्ने उदेश्यले नियोजित रुपमा ढुंगा खसालिएको जस्तो लाग्छ ।

आफ्नो चुनावी अभियानदेखि आत्तिएकाहरुले नियोजित रुपमा मार्न खोजेको भन्दै उनले आफु यसबाट विचलित नहुने बताएका छन् । उनले आफन्तजन र आफ्नो अभियानलाई माया गर्ने सबैमा नआत्तिनु आग्रह समेत गरेका छन् ।
विश्वकै शक्तिशाली कोच कार्की जाजरकोटबाट स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिनिधी सभा सदस्य लागि चुनावी मैदान छन् ।
पुलती चुनाव चिन्ह लिएका उनलाई विशेषगरी युवाहरुले साथ र सहयोग गरिरहेका छन् । उनी काँग्रेस माओवादीका साझा उम्मेदवार शक्तिबहादुर बस्नेत र एमालेका उम्मेदवार निरज आचार्यसँग प्रतिस्पर्धा गदैछन् ।





