सेयर लगानीकर्ताले भेटे पूर्व अर्थमन्त्री पौडेल

काठमाडौं, ५असार ।

स्वतन्त्र पुँजी बजार सुधार संघले पूर्व उप–प्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई भेटेर सेयर बजार सुधारको लागि पहल गरिदिन आग्रह गरेका छन् ।  संघका अनुसार पूर्व अर्थमन्त्री पौडेलले अर्थमन्त्रीको रूपमा आफ्नो कार्यकालमा सेयर बजार मैत्री नीतिहरू ल्याएका थिए । उनको कार्यकालमा बजारले हालसम्मकै उच्च बिन्दु पुगेको थियो।

भेटमा पूर्व अर्थमन्त्री पौडेलले संघलाई आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  पौडेलले सेयर बजारमा देखिएको हालको समस्या निराकरणको लागि सम्बन्धित निकायमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

संघको तर्फबाट अध्यक्ष सुशिल लुनिया, संरक्षक उपेन्द्र पाठक, वरिष्ठ लगानीकर्ता दिपेन्द्र अग्रवाल, संघका उपसचिव शिरिष आचार्य तथा युवा लगानीकर्ता सरोज लामिछानेले पौडेलसँग भेटघाट तथा छलफलमा सहभागी थिए ।  संघले पूर्व अर्थमन्त्री पौडेललाई पुँजी बजारमा चलिरहेको हालको आन्दोलन, आमरण अनसन लगायतका कार्यक्रमहरूको समेत जानकारी गराएको छ ।

स्रोत :  सेतोपाटी

सेयर लगानीकर्ताले भेटे पूर्व अर्थमन्त्री पौडेल

प्रतितोला तीन सय रुपैयाँ घट्यो सुन

सेयर लगानीकर्ताले भेटे पूर्व अर्थमन्त्री पौडेल

राष्ट्रिय सभा बैठक बस्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *