प्रतितोला तीन सय रुपैयाँ घट्यो सुन

काठमाडौं, ५ असार ।
साताको पहिलो दिन आज सुन–चाँदीको मूल्य घटेको छ । आइतबार सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साता शुक्रबार सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो । आइतबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
स्रोत : सेतोपाटी






