कांग्रेसले जित्यो २५५ पालिका प्रमुख

काठमाडाैँ । स्थानीय तह निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसले हालसम्म साढे दुई सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्षमा जीत हात पारेको छ ।

निर्वाचन आयोगका अनुसार कांग्रेसका उम्मेदवारले हालसम्म २५५ पालिकाको प्रमुख तथा अध्यक्ष पदमा विजयी बनिसकेका छन् । स्थानीय तह निर्वाचनको हालसम्म मतगणना सकिएका पालिकामध्ये सबैभन्दा बढीमा कांग्रेसका उम्मेदवार विजयी बनेका छन् ।

 

हाल मतगणना भइरहेका पालिकामध्ये ६५ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ । गत ३० वैशाखमा देशका ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन भएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *