प्रदेश राजधानीमा कांग्रेस माओवादी गठबन्धन पराजित गर्दै एमाले विजयी

सुर्खेत । कर्णाली प्रदेशकाे राजधानी सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमाले विजयी भएकाे छ । नेपाली कांग्रेस र माओवादी केन्द्रकाे गठबन्धनलाई हराउँदै बहुमत वडासहित मेयर र उपमेयरमा पनि एमाले विजयी भएकाे हाे ।
मेयरमा निर्वाचित माेहनमाया ढकालले १६ हजार ३८ मत पाइन् भने नेपाली कांग्रेसका उपेन्द्र खड्काले १५ हजार ४ सय ८४ मत पाए ।
राप्रपाका मुकुन्दश्याम गिरीले ९ हजार ९८८ मत ल्याए । उपप्रमुखमा एमालेका निलकण्ड खनाल २० हजार ३ सय ६४ मत ल्याएर विजयी भए ।
माओवादी केन्द्रकी शान्ति ढकाल ११ हजार ५ सय ३३ मत ल्याएर हारिन् । राप्रपाकी लक्ष्मीकुमारी सार्कीले ३ हजार ६ सय ९७ मत पाइन् । १६ वटा वडामध्ये २,३,४,५,८,९,१०,११,१२,१४,१६ र काँग्रेसले १,६,७,१३,१५ मा विजयी प्राप्त गरे ।






