कर्णालीका कान्छा मेयर विष्णु भन्छन्-‘छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु’

मुगु । छायाँनाथ रारा नगरपालिकाको मेयरमा निर्वाचित ३२ वर्षीय विष्णु कुमार भाम कर्णालीकै कान्छा मेयर पनि हुन्। उनी यसअघि नेपाली कांग्रेस मुगुका पूर्व नगर सभापति हुँदै वडा अध्यक्ष भइसकेका छन्। यसपटक उनी कर्णालीकै सबैभन्दा कान्छा मेयर बनेका छन्।

उनी ०७४ सालको स्थानीय तह निर्वाचनमा छायानाथ रारा नगरपालिका–४ को वडा अध्यक्षमा निर्वाचित भएका थिए। उनले ०६८ सालबाट राजनीतिक यात्रा सुरू गरेका थिए। वडा अध्यक्षमा निर्वाचित भएपछि उनले राज्यबाट प्रदान हुने तलबभत्ता र विभिन्न संघ संस्था बाट प्राप्त हुने भत्ता सामाजिक क्षेत्रमा लगानी गर्ने घोषाणा गरेका थिए। उनले कल्से कोषको स्थापना पनि गरेका थिए।

मेयर भामले नगरपालिकाका गरिब, दलित, विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्रीसहित आवश्यकताअनुसार सहयोग गर्दै आएका छन्।

यस्ता छन् मेयर भामका ऐजेण्डा
१.भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्न
२.ग्रामीण बस्तीहरूको उचित व्यवस्थापन तथा नमुना बस्ती विकास
३.सुधारिएको खानेपानी सरसफाई, खानेपानी तथा सिंचाई
४.सडक तथा यातायत सुविधा
५.गुणस्तरीय शिक्षा तथा नमुना विद्यालय विकास
६.गुणस्तरीय स्वास्थ्य सेवा
७.कृषि पशुपालन तथा लघु उद्यम
८.युवा तथा खेलकुद
९.लक्षित वर्षको उत्थान तथा सशक्तिकरण

कान्छा मेयर भामले आफू विनायोजना र भिजन मेयरमा नआएको बताएका छन्। उनी भन्छन्, ‘मेरो कार्यकालमा यो गाउँपालिकालाई देशकै नमुना पालिका बनाउँछु।विदेसिएका युवालाई फिर्ता बोलाएर स्वरोजगार कार्यक्रम चलाउँछु।

कर्णालीका कान्छा मेयर विष्णु भन्छन्-‘छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु’

खार्पुनाथमा कुटपिटबाट घाइते भएका शाहीको मृत्यु

कर्णालीका कान्छा मेयर विष्णु भन्छन्-‘छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु’

कांग्रेसले जित्यो २५५ पालिका प्रमुख

Leave a comment

Your email address will not be published. Required fields are marked *