खार्पुनाथमा कुटपिटबाट घाइते भएका शाहीको मृत्यु

हुम्ला । हुम्लाको खार्पुनाथमा कुटपिटबाट घाइते भएका ६० वर्षीय छत्रबहादुर शाहीको मृत्यु भएको छ ।

आफ्नै घर बाहिर बसिरहेका बेला एक समूहको कुटपिटबाट गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा नेपालगन्जको नर्सिङ होममा मृत्यु भएको हो ।

वैशाख ३१ गते घर बाहिर बसिरहेका बेला ६० वर्षीय शाहीलाई एक समूहले कुटपिट गरेको उनका छोरा सागर शाहीले बताए । सख्त घाइते भएका शाहीलाई हेलिकप्टरबाट उपचारका लागि सिमकोट ल्याइएको थियो । जिल्ला अस्पताल सिमकोटमा उपचार हुन नसकेपछि सुर्खेत रेफर गरिएको थियो । त्यहाँबाट पनि नेपालगञ्ज पु¥याइएको थियो ।

मृतक शाहीको शव आफन्तले बुझ्न मानेका छैनन् । कुटपिटमा संलग्न भएको आरोपमा ९ जनाविरुद्ध उजुरी दर्ता गरे पनि जिल्ला प्रहरी कार्यालयले अहिलेसम्म प्रक्राउ नपरेपछि शव नबुझेको मृतकका छोरा सागरले बताए ।

३१ गते शाहीसहित खार्पुनाथ–५ का मन्दिर ऐडी र ऐडीका छोरा पनि कुटिएका थिए

Leave a comment

Your email address will not be published. Required fields are marked *