हर्रे नजिक मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

सुर्खेत, ७ फागुन ।
रत्नराजमार्ग सुर्खेत–कोहलपुर सडक खण्डको हेर्रे नजिकै मोटरसाइकल दुर्घटना भएको छ । छिन्चुदेखि नेपालगञ्ज तर्फ जानेक्रममा मोटरसाईकल हर्रे भिरमा खसेर दुर्घटना परेको हो ।
भेरीगंगा हर्रे स्थित नेपाली सेनाको चेक पोष्टदेखि १५० मिटरको दुरीमा बबई तर्फतिर भिरबाट मोटरसाईकल तल खसेको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ ।
मोटरसाइकल दुर्घटनामा परी भेरीगंगा–१० झिलमिलेका २० बर्षिय रविन सिजाली र १७ बर्षिय योगेश बुढामगरको घटना स्थलमै मृत्यु भएको इप्रका छिन्चुले जानकारी दिएको छ । तिव्र गतिमा रहेको मोटरसाइकल शुक्रबार राती खसेको हुन सक्ने अनुमान गरिएको छ ।
शनिबार विहान मात्रै बाटोमा ओहोर–दोहोर गर्ने यात्रुले मोटरसाइकल खसेको देखेपछि नेपाली सेनाको चेक पोष्टमा खबर गरेका थिए । शुक्रबार रातीनै खबर भएर रातीबाट नै खोज तलास गरी राती अबेर शव पत्ता लागेको थियो । ट्राफिक प्रहरी, जनपथ प्रहरी र नेपाली सेनाका तथा स्थानिय २ जनासमेत ८ जनाले शव रातभरी कुरेर जंगलमै बसेको जनाइएको छ ।
मोटरसाइकल खसेको स्थान अप्ठेरो भएकाले तत्काल रातीको समयमा शव उठाउन नसकिएको जनाइएको छ । विहान अबेर उदारका लागि थप टाेली घटनास्थल पुगेको नेपाली सेना र नेपाल प्रहरीको टोलीले मृतको शव उठाईरहेको जनाइएको छ ।
मोटरसाइकलको नम्बर भने खुलेको छैन । मृतकको शव पोष्टमाटमका लागि मेहलकुना अस्पताल, गुर्भाकोट पठाइएकाे इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ ।
शुक्रबार राती १०:१५ बजे घटना भएकाे हुन सक्ने अनुमान गरिएकाे बबइ प्रहरी पाेष्टका प्रमुख प्रहरी नायव निरिक्षक पुरुशाेत्तम पाैडेलले जानकारी दिनुभयाे । नेपाली सेना र प्रहरी टाेलीले घटना स्थलबाट शव शनिबार विहान १०:३० मा उठाएर मेहलकुना अस्पताल पाेष्ट माटमका लागि पठाइएकाे उहाँले जानकारी दिनुभयाे ।








