प्रजातन्त्र दिवसमा अनेरास्ववियुको रक्तदान

सुर्खेत, ७ फागुन ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शनिबार वीरेन्द्रनगरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । अनेरास्ववियु वीरेन्द्रनगर नगर कमिटी सुर्खेतको आयोजनामा रक्तदान गरिएको हो ।
नेकपा एमाले जिल्ला पार्टी कार्यालय ऋषि स्मृति भवनमा आयोजित रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेको जनाइएको छ । सोही अवसरमा अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य नबिन योगी, सचिवालय सदस्य प्रेम खड्का, धुपेन्द्र शाही, प्रभात पोखरेल, केन्द्रिय सदस्य निकुञ्ज पाण्डे, जिल्ला अध्यक्ष आशिष आचार्य, सचिव ललित खत्री, उपसचिव दिपक दिवारी लगायतले बोल्नुभएको थियो ।
त्यसैगरी विद्यार्थी नेताहरु आशिष रेग्मी, मनिष चन्द र खेलकुद महासंघका केन्द्रिय सदस्य सुरज थापा लगायतको उपस्थितमा रक्तदान कार्यक्रम अनेरास्ववियु नगर कमिटीका अध्यक्ष प्रतिक शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा आशिष आचार्य, सुरज थापा, शुभाष गौतम, प्रभात पोखरेल(पीडित), ललित खत्री, दिवस खत्री, डुपेन्द्र खड्का, मनिष चन्द, नवीन रिजाल,प्रतीक शाही, दिपेन्द्र बृकट्टा मगर, ईशा देबि खत्री, दिपक तिवारी, निकुञ्ज पाण्डे, खिय शाही, किरण कुमार खाती, तिलक बोगटी, प्रेम रावत, बासुदेब आचार्य, सुमन शर्मा, छबिलाल बि.क., यक बहादुर खड्का, योगेश थापा, दिपेन्द्र के.सि.ले रक्तदान गर्नुभएको थियो ।






