खलटाकुरामा अभिभावक भेला

जाजरकोट, ७ फागुन ।
राम माध्यमिक विद्यालय छेडागाड–१० खलटाकुरामा शुक्रबार अभिभावक भेला सम्पन्न भएको छ । पाँचतारा युवा संरक्षक मञ्च र विद्यालयको आयोजनामा भेला सम्पन्न भएको हो ।

शिक्षक, अभिभावक र सरोकारावाला संघ संस्थाका प्रतिनिधि सहभागि भएको भेलामा विद्यालय बाहिर रहेका बालबालिकाहरुको बारेमा छलफल गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक हरि बहादुर कार्की, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष टोप बहादुर पुन, शिक्षक अभिभावक संघका अध्यक्ष पूर्ण बहादुर बस्नेतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

विद्यालय सेवा क्षेत्रभित्र रहेका विद्यालय बाहिर रहेका बालबालिकाहरुको पहिचान गरी विद्यालयमा भर्ना गर्ने र यही फागुन १३ गते कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको घोषणा गर्ने निर्णय भएको पाँचतारा युवा संरक्षक मञ्चका परिचालक प्रताप शाहीले जानकारी दिनुभयो ।

खलटाकुरामा अभिभावक भेला

अन्तर विद्यालय स्तरिय फुटसल प्रतियोगिता सुरु

खलटाकुरामा अभिभावक भेला

कर्णाली साहित्य पुरस्कार पाण्डेको ‘जियारा’ कृतिलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *