अन्तर विद्यालय स्तरिय फुटसल प्रतियोगिता सुरु

सुर्खेत, ७ फागुन ।
इन्टरनेसनल कोअपरेटिभ एकेडेमी वीरेन्द्रनगर–४, सुर्खेतद्वारा आयोजित अन्तर विद्यालय तथा शैक्षिक संस्था स्तरिय १७ बर्षमुनिका खेलाडीहरुको फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।

जिल्ला फुटबल संघको समन्वयमा तेस्रो संस्करणको अन्तर विद्यालय तथा शैक्षिक संस्था स्तरीय सत्र वर्षमुनिका खेलाडीहरुका लागि फुटसल प्रतियोगिता एक कार्यक्रमवीच उद्घाटन गरिएको हो ।

इन्टरनेसनल कोअपरेटिभ एकेडेमीको खेल मैदान वीरेन्द्रनगर–४, कालागाउँमा उद्घाटन सत्रसहित फुटसल प्रतियोगिता प्रारम्भ भएको छ । औपचारिक उद्घाटन कार्यक्रम विद्यालयका प्रिन्सिपल यामराज गिरीको अध्यक्षता, कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालको प्रमुख आतिथ्यता र जिल्ला फुटबल संघका अध्यक्ष जनक रावलको विशेष आतिथ्यतामा उद्घाटन गरिएको थियो ।

वाङ्गेसिमल स्वास्थ्य चौकीका प्रमुखका साथै विभिन्न संघ संस्थाका प्रमुख, विद्यालयका प्रधानाध्यापक खेलाडीहरुको उपस्थितिमा विभिन्न राष्ट्रिय नृत्यसहित प्रमुख अतिथिबाट पानसमा बत्ती बाली आयोजक टिमलाई बल हस्तान्तरण गरिएको थियो ।

२८ टिम सहभागी भएका मध्ये शुक्रबार भएको ४ वटा खेल मध्ये पहिलो खेल आयोजक टिम इन्टरनेश्लन ए र हार्भेष्टमुनवीच भएको खेलमा विजयी इन्टरनेसनल ए ४ र हार्भेष्टमुन २ गोल भएको छ ।

दोस्रो खेलमा कोपिला भ्याली र डिभि निकेतनका विचमा भएको खेलमा विजयी कोपिला भ्याली ११ र डिभि निकेतन १ गोल भएको छ । तेस्रो खेलमा इत्राम स्कुल र सुर्योदय माविका वीचमा भएको खेलमा इत्राम ४ र सुर्योदय मावि १ गोल भएको छ ।

चांैथौ खेल इन्टरनेसनल बी र त्रिपुरेश्वर माविका वीचमा भएको खेलमा इन्टरनेसनल ३ र त्रिपुरेश्वर मावि २ भएको छ । उक्त खेल फागुन १० गतेसम्म निरन्तर चल्ने छ । उद्घाटन गरिएका कार्यक्रम सञ्चालन सहायक प्रिन्सिपल तिलक बहादुर गिरीले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि हमालबाट कार्यक्रम आयोजक टिमलाई धन्यवाद सहित खेल जगतको पहिचानका लागि यस्ता कार्यक्रम हुनु जरुरी भएको बताउनु भएको थियो ।

अन्तर विद्यालय स्तरिय फुटसल प्रतियोगिता सुरु

१० पत्नीसंग बस्छन् ब्रालीका यी युवक

अन्तर विद्यालय स्तरिय फुटसल प्रतियोगिता सुरु

खलटाकुरामा अभिभावक भेला

Leave a comment

Your email address will not be published. Required fields are marked *