कालिकोटमा १८ हजार मतदाता थपिए

मान्म, ७ फागुन ।
कालिकोटमा १८ हजार ११५ मतदाता थपिएका छन् । वि.सं २०७४ को स्थानीय तहको निर्वाचनमा ६४ हजार ९६१ मतदाता रहेकामा हाल जिल्लाको मतदाता संख्या थपिएर ८३ हजार ७६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कालिकोटको मतदाता संख्याको अद्यावधि गरेर निर्वाचन आयोगलाई पठाइएको र मतदाता संख्यामा वृद्धि भएको कार्यालयका सूचना अधिकारी लक्ष्मणबहादुर शाहीले बताउनुभयो । जिल्लाका नौ स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता नरहरिनाथ गाउँपालिका र सबैभन्दा कम महावै गाउँपालिकामा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

नरहरिनाथ गाउँपालिकाको मतदाता संख्या १२ हजार ८१७ र महावै गाउँपालिकाको पाँच हजार ५४८ रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख धनबहादुुर मल्लले जानकारी दिनुभयो । कार्यालय प्रमुख मल्लका अनुसार खाँडाचक्र नगरपालिकामा ११ हजार ५७७, रास्कोट नगरपालिकामा १० हजार ५३६ र तिलागुफा नगरपालिकामा १० हजार २६ मतदाता रहेका छन् ।

त्यस्तै पलाँता गाउँपालिकामा आठ हजार १७७, पचालझरना गाउँपालिकामा सात हजार ५०४, शुभकालिका गाउँपालिका नौ हजार २८ र सान्नी त्रिवेणी गाउँपालिकामा सात हजार १९३ मतदाताको संख्या रहेको निर्वाचन कार्यालय प्रमुख मल्लले जानकारी दिनुभयो । त्रीयासी हजार ७६ मतदाता संख्यामध्ये ४३ हजार १३८ पुरुष र ३९ हजार ९३८ महिला मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

मतदाताको संख्या अद्यावधि गरेर केन्द्रीय निर्वाचन आयोगमा पठाइएको दोहोरिएका मतदाताको नामावली सच्याएर फागुन १३ गरेर संशोधनसहित कार्यालयमा आइपुग्ने र त्यसपछि मतदाताको नामावली स्थानीय तहमा पठाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कालिकोटमा १८ हजार मतदाता थपिए

सल्यानकाे शारदा खोलामा पक्की मोटरेबल पुल निर्माण

कालिकोटमा १८ हजार मतदाता थपिए

१० पत्नीसंग बस्छन् ब्रालीका यी युवक

Leave a comment

Your email address will not be published. Required fields are marked *