शेखर दाइ उठे सोच्नुपर्छ, नत्र देउवा नै संसदीय दलको नेताः शशांक कोइराला

काठमाडौं, ३ पाैष ।

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नै अब पनि संसदीय दलको नेता हुने बताएका छन्।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन्। उनले आफ्ना दाजुसमेत रहेका नेता शेखर कोइराला उठेमा सोच्नुपर्ने नभए संसदीय दलको नेता स्वभाविक रूपमै देउवा हुने बताए।

‘मेरो दृष्टिकोणमा उहाँ (देउवा) ले नै संसदीय दलको नेतृत्व गर्नुपर्छ। मेरो दाइ उठेपछि म असमञ्जसमा पर्छु,’ उनले भने, ‘दाइले मत पाउनुहुन्छ कि हुन्न भनेर नसोध्नुस्, म सोचेर मत दिन्छु।’ उनले आफू एकचोटी मन्त्री हुनुपर्छ भनेर प्रधानमन्त्री देउवासँग प्रस्ताव राखेको बताए। आफू यसपालि मन्त्री पनि बन्नेमा विश्वस्त समेत भएको बताए।

‘मन्त्री बन्न मैले शेरबहादुर जीलाई भनेँ– चार–चार चोटी जितेँ, एकचोटी पनि मन्त्री भएको छैन। हुनत मेरो क्षेत्रमा खरबौंको बजेट भएको छ। मन्त्री नै हुनुपर्ने आवश्यकता छैन,’ उनले भने, ‘तर मलाई के लाग्छ भने मन्त्री बनेर अनुभव त प्राप्त गर्नुप¥यो। त्यसैले मन्त्री बन्छु भन्ने विलासा त छ।’

सेताेपाटी 

शेखर दाइ उठे सोच्नुपर्छ, नत्र देउवा नै संसदीय दलको नेताः शशांक कोइराला

लक्ष्यभन्दा एक खर्ब २३ अर्ब रूपैयाँ कम

शेखर दाइ उठे सोच्नुपर्छ, नत्र देउवा नै संसदीय दलको नेताः शशांक कोइराला

पहिचानको खोजीमा रुमल्लिएको जिन्दगी

Leave a comment

Your email address will not be published. Required fields are marked *