परम्परागत चाडपर्वका रुपमा मनाउदै आएको साउने संक्रान्ति

सुर्खेत, २ असार ।
परम्परागत चाडपर्वका रुपमा मनाउदै आएको साउने संक्रान्ति राँको बाल्दै लुतो फाल्ने परम्परागत संस्कृतिलाई अनुसरण गरी मनाईएको छ । सुर्खैतमा यस वर्ष पनि स्थानीयले घरको छत, आँगन र बारिमा राँकोबाल्दै संक्रान्ति मनाएका हुन । उनिहरुले परम्परागत रुपमा राँको बाल्दै आफ्नो अर्को गाउँका मानिसहरुलाई गाली गर्दै मनाईएको छ ।

बेलुकी झिसमिसेमा सुर्खैतका बस्तीहरु यसपटकको साउनमा १ गते पनि राँकाले उज्यालो भएका छन् । परम्परा अनुसार हरेक घरमा जति परिवार सदस्य छन त्यति नै राँको बालेर आ आफ्नो छत तथा आँगनमा आफु र आफ्नो घरमा रहेको फोहर लैजाउ, रोग व्यादी सबै जावस भन्ने कामना अनुसार राँको बाल्ने चलन सुर्खैत सहित कर्णाली क्षेत्रमा रहेको छ । साउन १ गते सुर्खैत जिल्लाभरी राँको बालेर साउने सक्रान्ति मनाईएको हो ।
सुर्खेतमा परपरागत रुपमा यो संस्कृतिले एक फरक सभ्यता र उदाहरण स्थापितगर्दै आएको छ । आगोको राकाँ बाल्ने बित्तिकै ठूलो स्वरले घरका सबै परिवारहरुले कराउने छिमेकी गाउँलाई गाली गर्ने चलन रहेको छ । राँको बाली सकेपछि बनाईएका विभिन्न प्रकारका परिकारहरु खाने प्रचलन पनि छ । राँको बाल्ने समयमा दमाहा, ताल,समेत बजाउने चलन रहेको छ ।
गाउँबस्तीहरुमा एकैपटक आगोको राँको बालेर साउने संक्रान्तिको सन्देश दिने चलन अहिले जिवित छ । करिब १ घण्टा गाउँका बस्तीहरु झलमलिएका थिए । एकै पटक सबको घरमा परिवार सदस्य अनुसारको हजारौ आगोको राँका बालेर हेर्दाको दृश्य अच्चमित रहेको छ ।






