वनमा लागेको आगोले जलेर एकको मृत्यु

वसन्त शर्मा
सल्यान, ४ असार ।
सल्यान जिल्लाको शिद्वकुमाख गाउँपालिका वडा नं. ३ डाँडाकटेरीका ५७ बर्षिया दलवहादुर बुढाथोकीको आगोमा चलेर निधन भएको छ । वनमा लागेको आगो निभाउने क्रममा उनको मृत्यु भएको हो ।

शुक्रबार रातीदेखि दुबेरीचौर सामुदायिक वन र हलुवारे सामुदायिक वनमा लागेको आगो निभाउने क्रमममा बुढाथोकीको आगोको लप्कोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
वनमा खोटोको काम गर्ने बुढाथोकीले आगोबाट खोटोका बाकस जोगाउने क्रममा आगोका लप्काले जलेर ज्यान गएको बताइएको छ । स्थानीयका अनुसार बुढाथोकी खोटोको काम गर्ने भएका कारणले खोटोको बाकसहरु बचाउने क्रममा दिउँसो करिव १२ बजे तिर आगोमा परेर मृत्यु भएको हो ।

घटनाको अनुसन्धानको लागि जिल्लाबाट प्रहरी निरीक्षकको टोली घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी सुमित खड्काले बताए ।






