सुर्खेत, ४ जेष्ठ ।
स्थानीय तहको निर्वाचको मत परिणाम आउन थालेको छ । यो समाचार तयार पार्दासम्म सुर्खेतका नौ पालिका मध्ये पाँच पालिकाको पूर्ण मत परिणाम सार्वजनिक भइसकेको छ ।
२०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसले जितेको पश्चिम सुर्खेतको बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिकामा विजय हाँसिल गर्न सफल भएको छ ।
यस अगाडी चिगांड गाउँपालिका जितेको काँग्रेसले यस पटक गुमाएको छ भने एमालेले जितेको लेकबेशी नगरपालिकामा विजय हाँसिल गर्न सफल भएको छ ।
गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा काँग्रेसले आफ्नो पुरानो वर्चस्व कायम राख्दै लेकबेशी नगरपालिका थपियो भने चिंगाड गाउँपालिका जोगाउन सकेन ।
चिंगाड गाउँपालिकामा नेकपा माओवादी र काँग्रेसबीच गठबन्धन गर्ने निर्णय भएपनि सो अनुसार काँग्रेसले वडामा उम्मेदवारी नझिक्दा र भागवण्डा मिल्न नसक्दा माओवादीले यहाँ गठबन्धनबाट बाहिरिएको घोषणा गरेको थियो । गठबन्धनबाट माओवादी बाहिरिएपछि एमालेलाई पालिका जित्न सहज भएको कतिपयको भनाई छ ।
पञ्चपुरीमा काँग्रेसका उम्मेदवार विजयी
जिल्लाको पीश्चम क्षेत्रमा पर्ने पञ्चपुरी नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका उम्मेदवार लालबीर भण्डारीले ५९०९ मत ल्याएर विजयी भएका छन भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका धनबहादुर थापाले ५११८ मत ल्याए भने नेकपा माओवादीका केशबहादुर शाहीले २७८३ मत ल्याए ।
उपप्रमुखमा काँग्रेसकै मुक्तिदेवि रेग्मी विजयी भईन । उनले ६०९४ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी दुर्गा कुमारी जैसीले ५१६८ तथा माओवादीका नेकपा एसका कविता सोडारीले १७५२ मत ल्याईन ।
पञ्चपुरी नगरपालिका वडा नं. एकमा एमालेका कर्णबहादुर थापा मगर विजय भएका छन् । उनले काँग्रेसका बुदे साउनलाई पराजित गरेका । वडा नं. दुईमा काँग्रेसका यामबहादुर विसी विजेता बने ।
यहाँ एमालेका टिका कुमारी राना पराजित भईन । वडा नं. तीनमा एमालेका चन्द्रविर रावत र काँग्रेसका बलबहादुर रोकायाले बराबर मत ल्याए । गोलाप्रथा द्धारा काँग्रेसका रोकाया वडाअध्यक्ष चुनिए । वडा नं. चारमा एमालेका रामप्रसाद अधिकारी निर्वाचित भए भने काँग्रेसका प्रेमबहादुर शाही पराजित भए ।
वडा नं. पाँचमा काँग्रेसका नगेन्द्रबहादुर शाही विय भए भने एमालेका होमबहादुर रामजाली पराजित भए । वडा नं. ६ मा माओवादीका नरबहादुर सिजापति विजय भन्दा एमालेका शेरबहादुर सार्की पराजित भए ।
वडा नं. ७ मा काँग्रेसका खिमबहादुर बयक क्षेत्री विजेता बन्दा नेकपा एसका रतन बहादुर विसी निर्वाचित भए । वडा नं. आठमा काँग्रेसका दिपक कुमार थापा निर्वाचित भए भने माओवादीका रणबहादुर महतारा पराजित भए ।
वडा नं. नौ मा काँग्रेसका पूर्ण प्रसाद घिमिरे निर्वाचित हँुदा एमालेका हरि प्रसाद पौडेल पराजित भए । वडा नं. १० मा काँग्रेसकै हरि प्रसाद ढकालले वाजी मार्दा एमालेका शुरेस प्रसाद शर्मा पराजित हुन पुगे । वडा नं. ११ काँग्रेसकै धनबहादुर माझी विजय हुँदा माओवादीका प्रेमबहादुर विक पराजित भए ।
चिङ्गाडमा काँग्रेसको गढ तोडियो
चिङ्गाड गाउँपालिकामा नेपाली काँग्रेसको गढ तोड्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । चिंगाडमा एमालेका वोधविक्रम जिसी ६१ मतले विजयी भएका हुन् ।
मतदान अधिकृतको कार्यालयले गरेको घोषणा अनुसार यहाँ नेपाली कांग्रेसका डोरप्रसाद शर्मा पराजित भएका छन् । जिसीले ३५९१ मत प्राप्त गर्दा शर्माले ३५३० मत पाएर पराजित भएका छन् ।
यस्तै, पालिका उपाध्यक्षमा एमालेकै मीनाकुमारी रोकायाले ३५८१ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसकी मनमाया आचार्य पराजित भएकी छन् । भने उनले ३४६९ मत पाएकी छन् । यस पालीकामा वडा नम्बर १, ४ र ५ एमालेले जितेको छ भने कांग्रेसले वडा नम्बर २, ३ र ६ मा जित हात पारेको छ ।
वडा नं. एकमा एमालेका टेकबहादुर रजाली विजयी भए भने काँग्रेसका वीरबहादुर वली पराजित भए । वडा नम्बर दुइमा काँग्रेसका प्रेमबहादुर खड् काले जित्दा एमालेका दिलबहादुर खत्री पराजित भए । वडा नं. तीनमा काँग्रेसका वीरबहादुर जिसी विजेता बन्दा माओवादीका मानबहादुर घर्ती पराजित भए ।
वडा नं. चारमा एमालेका टेकबहादुर राना विजेता बने भने काँग्रेसका दलबहादुर खान पराजित भए । वडा नं. पाँचमा एमालेका लालबहादुर जिसीले जित्दा काँग्रेसका तीलबहादुर राना पराजित भए । वडा नं. ६ मा काँग्रेसका भिमबहादुर बुढा विजय भए भने एमालेका छविलाल राना पराजित भए ।
गुर्भाकोटमा दोहोरिए काँग्रेसका दुवै उम्मेदवार
गुर्भाकोट नगरपालिकामा नेपाली काँग्रेसले जीत हात पारेको छ । नेपाली काँग्रेसका निवर्तमान प्रमुख र उपप्रमुख दुवै विजयी भएका छन् ।
अघिल्लो कार्यकाल मेयर समेत रहेका हस्त पुनले ११ हजार ९७८ मत ल्याएर विजयी भएका हुन भने नेकपा एमालेका तिलकबहादुर खत्रीले १० हजार १८६ मत पाएर पराजित भए । उपप्रमुखमा काँग्रेसकै मैना विक विजयी भएकी छिन् ।
उनले ११ हजार ७४३ मत ल्याउँदा उनको निकटतम प्रतिद्धन्द्धी एमालेकी शुसिला कुमारी विश्वकर्मा ुनारले १० हजार २९९ मत पाइन । यो नगरपालिकामा १४ वटा वडा मध्ये दुईदेखि नौ तथा वडा नं. १३ र १४ मा काँग्रेसका उम्मेदवार विजयी भएको छ । एमालेले वडा नं. १, १० र ११ मा जीत हात पारेको हो ।
वडा नं. एकमा एमालेका रामबहादुर शाही विजयी भए भने काँग्रेसका ओविलाल थापा पराजित भए । वडा नं. २ देखि नौ सम्म काँग्रेसका वडाअध्यक्ष विजयी भएका छन् । वडा नं. २ मा नोखबहादुर वली, ३ मा ओम प्रकाश बुढा मगर, वडा नं.४ मा रामबहादुर डांगी, ५ मा लालबहादुर पुन, ६ मा गोविन्द वली, ७ मा वासुदेव शर्मा, ८ मा किरण कुमार विक र ९ मा ज्ञानबहादुर खत्री विजयी भएका छन् ।
वडा नं. १० मा एमालेका थमान बहादुर खत्री, ११ मा एमालेकै राजन विसी विजयी भएका छन् भने वडा नं. १२ मा तुल्सी प्रसाद शर्मा, १३ मा मधु गुरुङ्ग र वडा नं. १४ मा एमालेका चन्द्रबहादुर घर्ती विजयी भएका छन् ।
लेकबेशी एमालेबाट खोसियो
लेकबेशी नगरपालिका नेकपा एमालेको राम्रो प्रभाव क्षेत्र मानिन्थ्यो । यस अघि दुवै पदमा धेरै मनान्तरमा एमालेका उम्मेदवार विजयी भएका थिए ।
नेपाली काँग्रेसका उमेश कुमार पौडेलले नेकपा एमालेका देवबहादुर रानालाई पराजित गरेका हुन । उपप्रमुखमा भने एमालेका उम्मेदवार विजयी भएका छन् । उपप्रमुखमा एमालेका विमला खडलुक विजयी भएकी छिन भने नेकपा एकीकृत समाजवादीका देउकली थापामगर पराजित भएकी छिन् ।
यो पालिकामा काँग्रेसले ८ वटा वडामा जीत हात पारेको छ । केहि समयपछि मतदान अधिकृतको कार्यालयले अन्तिम मत परिणाम सार्वजनिक गर्ने भएको हो । नेपाली काँग्रेसका उम्मेदवार वडा नं. १ को वडा अध्यक्षमा हरिमान घले, वडा २ मा चन्द्र बहादुर बुढा, वडा नं. ३ मा लिला राम अधिकारी विजयी भएका छन् ।
वडा नं. ४ मा लोकेन्द्र थापा, वडा नं. ६ मा प्रतिमान बाकाबल, वडा नं. ८ मा टिकाराम छन्तेल, वडा नं. ९ मा मानबहादुर सोमै, वडा नं. १० मा पर्शुराम भण्डारी वडा अध्यक्षमा विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार वडा नं. ५ मा चक्र बहादुर शाही र वडा नं. ७ मा रुद्र बहादुर नेपाली वडा अध्यक्षमा विजयी भएका छन् ।
बराहतालमा काँग्रेसका भण्डारी विजयी
बराहताल गाउँपालिकाको अध्यक्षमा काँग्रेसका भिमबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले नेकपा एमालेका घनश्याम पाण्डेललाई हराउँदै अध्यक्षमा विजयी भएका हुन् । भण्डारीले ४३९७ मत प्राप्त गरेका छन् भने एमालेका पाण्डेलले ३५५५ मत प्राप्त गरेका छन् ।
यस्तै, उपाध्यक्षमा नेपाली काँग्रेसकी लक्ष्मी पुनमगर विजयी भएकी छन् । पुन मगरले ४३०१ मत प्राप्त गरेकी छन् । उनले नेकपा एमालेकी दुर्गाकुमारी विष्टलाई पाराजित गरेकी हुन् । विष्टले ३५९९ मत प्राप्त गरेकी छन् ।
वडामा कसले जिते ? वडा नं. एकमा माओवादीका बम बहादुर बडुवाल विजय भए काँग्रेसका यस बहादुर दर्लामी मगर पराजित भए । वडा नं. दुइमा एमालेका भिमबहादुर सावद जित्दा माओवादीका डिलबहादुर नेपाली हार्न पुगे । वडा नं. तीनमा काँग्रेसका शेरबहादुर पुन निर्वाचित हुँदा माओवादीका दत्तबहादुर बराल मगर पराजित हुन पुगे ।
वडा नं. चारमा माओवादीका वृष बहादुर सिजापति निर्वाचित भए भने काँग्रेसका दिर्घबहादुर कठायत पराजित भए । वडा नं. पाँचमा काँग्रेसका धिमराज जोल्मी मगर वियी भए भने एमालेका नन्दराम अधिकारी पराजित भए । वडा नं. ६ मा काँग्रेसका नमराज शर्मा विजय हुँदा एमालेका जगत बहादुर विसी पराजित भए ।
वडा नं. सातमा एमालेका कुलबहादुर बुचा विजय भए भने काँग्रेसका यज्ञबहादुर विक पराजित भए । वडा नं. आठमा एमालेका केशर बहादुर कार्की विजय हुँदा फक्तबहादुर गौतम पराजित भए ।
वडा नं. नौ मा एमालेका युवराज पुलामी मगर विजेता बन्दा काँग्रेसका निरास छन्तेल मगर पराजित भए । वडा नं. दशमा एमालेका हरीलाल सलामी विजयी बन्दा माओवादीका मेखलाल सलामी मगर पराजित भए ।


