२०८३ मंसिर ८ गते
वीरेन्द्रनगर, सुर्खेत 14°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

कालिमाटीमा पुनः दोहोरिए दान बहादुर, सहनसिलता

दिलिप ढकाल
गुर्भाकोट, ४ जेष्ठ ।
सल्यानको कालिमाटी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन् । नेकपा एमालेको तर्फबाट कालिमाटी गाउँपालिकाको अध्यक्षमा उमेद्वारी दिएका दान बहादुर खत्री र उपाध्यक्ष पदमा उमेद्वारी दिएकी सहनशीलता वली डिसी दोस्रो कार्यकालका लागि पुनःनिर्बाचित भएका हुन् ।

पालिका अध्यक्षमा दान बहादुर खत्रीले ३७४१ मत प्राप्त गरी बिजयी हँुदा उनका प्रस्तिपर्धी नेकपा माओवादीका पुरुषोत्तम भट्टराईले ३१२९ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसबाट पालिका अध्यक्ष पदमा उम्मेदवारी दिएका भरत पुनले २३२९ मत प्राप्त गरेका छन् ।

त्यस्तै पालिका अध्यक्ष पदका लागि स्वतन्त्र उमेद्वारी दिएका तुलसी प्रसाद केसीले ९ मत प्राप्त गरेका छन् भने राप्रपाका तुलसीराम वलीले २३२ मत प्राप्त गरेका छन् ।

पालिका उपाध्यक्ष मा नेकपा एमालेको तर्फ उपाध्यक्ष पदमा उमेदवारी दिएकि सहनशीलता वली डिसी ३५३५ मत ल्यायर बिजयी हुँदा उनका प्रतिस्पर्धी एकीकृत समजवादीका ज्ञान्द्र बहादुर खत्रीले २९०६ मत ल्याएका छन् ।

नेपाली कांग्रेसकी काशिमाया रानाले २४६७ मत ल्याएकी छन् भने राप्रपा कि कृष्णी पुनले २५७ मत प्राप्त गरेकी छिन । यहाँ १५,०६६ मतदाता रहेकोमा १०,१६६ जना मतदान प्रक्रियामा सहभागी भएका थिए ।

त्यस्तै वडा नम्बर १ मा नेकपा एमालेका रबिलाल बस्नेत, वडा नम्बर २ मा नेकपा एमालेकै ईन्द्र बहादुर वली, वडा नम्बर ३ मा नेपाली कांग्रेसका शिव खत्री, वडा नम्बर ४ मा नेकपा एमालेका बेल बहादुर चन्द विजयी भएका छन् ।

वडा नम्बर ५ मा नेकपा एमालेकै टोप बहादुर कार्की, वडा नम्बर ६ मा नेकपा माओवादीका टेकराज पुलामी र वडा नम्बर ७ मा नेकपा एमालेबाट मित्र लाल सुनार बिजयी भएका छन् । कालिमाटी गाउपालिकामा एमालेको बाहुल्यता रहेको छ ।

कालिमाटीमा पुनः दोहोरिए दान बहादुर, सहनसिलता

काँग्रेसको गढमा काँग्रेसकै बागी उम्मेदवार विजयी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!