सुर्खेतको गुर्भाकोटमा दोहोरिए काँग्रेसका पुन र मैना

सुर्खे । सुर्खेतको गुर्भाकोट नगरपालिकामा पुरानै मेयर, उपमेयर निर्वाचित भएका छन्। काँग्रेस उपसभापति पूर्णबहादुर खड्काको गृह नगरमा यो पटक पनि काँग्रेसले नै जितेको हो ।

नेपाली काँग्रेसका निवर्तमान मेयर समेत रहेका हस्त पुनले ११ हजार ९७८ मत ल्याएर विजयी भएका हुन भने नेकपा एमालेका तिलकबहादुर खत्रीले १० हजार १८६ मत पाएर पराजित भए ।

उपप्रमुखमा काँग्रेसकै मैना विक विजयी भएकी छिन् । उनले ११ हजार ७४३ मत ल्याउँदा उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी सुशीलाकुमारी विश्वकर्माले १० हजार २९९ मत पाइन । यो नगरपालिकामा १४ वटा वडा मध्ये दुई देखि नौ तथा वडा नं। १३ र १४ मा काँग्रेस विजयी भएको छ । एमालेले वडा नं। एक, १० र ११ मा जीत हात पारेको हो ।

सुर्खेतको गुर्भाकोटमा दोहोरिए काँग्रेसका पुन र मैना

पञ्चपुरीको मेयर–उपमेयरमा काँग्रेस विजयी

Leave a comment

Your email address will not be published. Required fields are marked *