हुम्लाकाे सर्केगार्डमा कांग्रेसका ठानबहादुुर रोकाया निर्वाचित

हुम्ला । हुम्लाकाे सर्केगार्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका ठानबहादुुर रोकाया निर्वाचित भएका छन् ।

उनी गठबन्धन दलका तर्फबाट निर्वाचित भएका हुन् । सर्केगार्ड गाउँपालिका सहायक निर्वाचन अधिकृत मोहन गिरीका अनुुसार, गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका ठानबहादुुर रोकाया निर्वाचित भएका छन् । रोकायाले तीन हजार ५४३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ज्ञामी बुुमीले ९९७ मत ल्याएका थिए ।

त्यसैगरि उपाध्यक्ष पदमा गठबन्धन दलकै चन्द्र सिंह कार्कीले तीनहजार २८२ मतल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका जुनकुरा कार्कीले एक हजार ६४ मत प्राप्त गरेकी थिइन् ।

त्यसैगरि आठ वटा वडा रहेको सर्केगार्ड गाउँपालिका– १ माबल कार्की र ६ नम्बर वडामा पदमबहादुुर शाही एमालेबाट विजयी भएका छन् भने वडा नम्बर ८ मा रत्नमल रोकाया, २ मा सिद्ध कार्की र ४ माधनमल छत्याल नेकपा माओवादी केन्द्रबाट विजयी भएका हुन् ।

त्यसैगरि वडा नम्बर ७ मा बल खत्री र ५ मादलबहादुुर सिंह नेपाली काँग्रेसबाट निर्वाचित भएका छन् । यता वडा नम्बर ३ मा भने अकिलकार्की स्वतन्त्रबाट निर्वाचित भएका छन् । उनी नेपाली काँग्रेस निकट हुन् ।

हुम्लाकाे सर्केगार्डमा कांग्रेसका ठानबहादुुर रोकाया निर्वाचित

जाजरकोटको भेरी नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा

हुम्लाकाे सर्केगार्डमा कांग्रेसका ठानबहादुुर रोकाया निर्वाचित

सुर्खेतको गुर्भाकोटमा दोहोरिए काँग्रेसका पुन र मैना

Leave a comment

Your email address will not be published. Required fields are marked *