१५ लाख विद्यार्थीको भविष्यमा खेलवाड, पाठ्यपुस्तकको छपाइ टुङ्गो लागेन

काठमाडौँ, ६ फागुन ।
आगामी २०७९ सालको शैक्षिक सत्रका लागि कक्षा १–३ का पाठ्यपुस्तक छाप्न अझैसम्म प्रकाशक/छपाइ गर्ने कार्यको टुङ्गो लाग्न सकेको छैन । विद्यालयको पाठ्यपुस्तक छपाइ गर्न पाठ्यक्रम विकास केन्द्रमा निजी प्रकाशक सूचीकृत हुनुपर्ने कानुनी व्यवस्था छ ।

पाठ्यपुस्तक छपाइकाे  जिम्मेवारी पाउने निजी क्षेत्रका छापाखाना ब्यवसायीहरुले विराेध जनाएपछि प्रकृया ढिलाइ भएकाे हाे । नेपाल मुद्रण उधाेग महासघकाे असहमति हुँदै हुँदै कक्षा १-३ काे पाठ्य पुस्तक छपाइ कार्य धकेलिएकाे छ तर समस्याकाे सामाधान भने खाेजिएकाे छैन ।

केन्द्रले निकै ढिला सूचीकरणका लागि आवेदन आह्वान गरयो भने निजी प्रकाशक भर्खरै सूचीकृत भएका छन् । केन्द्रका सूचना अधिकारी डा. गणेश भट्टराईले सूचीकरण हुन १९ वटा प्रकाशक कम्पनीको प्रस्ताव परेको जानकारी दिँदै भन्नुभयो, ‘उनीहरूको छनोट कार्य थालिसकेका छौँ र आगामी सातासम्म छनोट गरिसक्नेछौँ ।’

छनोट भएका प्रकाशकलाई छपाइका लागि तयारीप्रति (प्रिन्ट रेडी कपी–पीआरसी) उपलब्ध गराइन्छ र त्यसलाई छपाइ गरिन्छ । उहाँले कक्षा १–३ का पाठ्यपुस्तकको पीआरसी तयार भइसकेको बताउनुभयो ।

कक्षा १–३ का पाठ्यपुस्तक बहुरङ्गी बनाइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा १–३ मा आगामी शैक्षिक सत्रमा १५ लाख ८८ हजार विद्यार्थी भर्ना हुने अनुमान गरिएको छ ।

उनीहरूका लागि ६३ लाख ५३ हजार ३६० थान आवश्यक पर्ने अनुमान गरिएको छ । केन्द्रका उपसचिव डा. भट्टराईले पाठ्यपुस्तक छपाइका लागि सूचीकृत हुन आवेदन दिएकामध्ये अधिकांश प्रकाशक छनोट हुनसक्ने भएकाले छपाइ गर्न धेरै दिन नलाग्ने तर्क गर्दै दाबी गर्नुभयो, । एक महिना छपाइ र १५ दिन वितरणका लागि समय भए पर्याप्त हुन्छ ।

आगामी वर्ष कक्षा ४, ६ र ९ का पाठ्यपुस्तक पनि नयाँ लागू गरिनेछ । कक्षा ९ का दुईवटा विषयका पीआरसी अझैसम्म जनक शिक्षा सामग्री केन्द्रलाई उपलब्ध गराइएको छैन । उहाँले छिटै ती विषयका पीआरसी उपलब्ध गराइने बताउनुभयो ।

यसैबीच बिहीबार पाठ्यपुस्तक व्यवस्थापन तथा अनुगमन केन्द्रीय समितिको बैठक शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलको अध्यक्षतामा बसेको थियो । बैठकले पाठ्यपुस्तक छपाइ तथा वितरणसम्बन्धी अनुगमन उपसमिति गठन गर्ने र सोमार्फत अनुगमनलाई तीव्र पार्ने निर्णय गरेको छ ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले पाठ्यपुस्तक छपाइ गर्न अझैसम्म सामग्री उपलब्ध नगराउनु सरकारको कमजोरी भएको बताउँदै कुनै पनि अवस्थामा आगामी वैशाख मध्यसम्म पाठ्यपुस्तक छपाइ सक्नुपर्ने बताउनुभयो । बैठकमा जनक शिक्षाका प्रवन्ध सञ्चालक अनिल झाले छपाइ कार्य जारी रहेकाले निर्धारित समयभित्र पाठ्यपुस्तक छपाएर वितरण गरिसक्ने बताउनुभयो ।

१५ लाख विद्यार्थीको भविष्यमा खेलवाड, पाठ्यपुस्तकको छपाइ टुङ्गो लागेन

लाखाै‌काे सेतो कपडाले मान्छे मरेपछि ‘बाटो’ देखाउने

१५ लाख विद्यार्थीको भविष्यमा खेलवाड, पाठ्यपुस्तकको छपाइ टुङ्गो लागेन

सीता परियार बनिन दलित समुदायबाट महिला सीडीओ

Leave a comment

Your email address will not be published. Required fields are marked *