लाखाै‌काे सेतो कपडाले मान्छे मरेपछि ‘बाटो’ देखाउने अनौठो संस्कार

सुर्खेत, ६ फागुन ।
मान्छे मर्दा सयौं मिटर लामो, लाखबढी रकम खर्च गरेर सेता कपडा खरिद गरी बाटो देखाउने अनौठो संकार नेपालमै रहेको छ । पुर्खौदेखि गर्दै आएको प्रचलन भन्दै पश्चिम नेपालको जाजरकोटमा अहिले पनि कायमै छ ।

मान्छे मर्दा जसले धेरै लामो कपडा (गजिना) किनेर बाटो देखाउन सक्यो, मलामीको लामै ताँति देखाउन सक्यो त्यस परिवारलाई हुनेखाने, सम्पन्न मान्ने र गाउँघरमा महिनौं, बषौं चर्चा हुने गथ्र्यो ।

सयौं मिटर लामो सेतो कपडा (गजिना) लाई लासलाई घरदेखि मसानघाट पुराउँदा मलामीको अघि अघि बाटो देखाउने जाजरकोटीहरुको पूर्खौदेखिको प्रचलन रहेको छ ।

नलगाड नगरपालिका–८ का दीपक सिंहले बुबाको अन्त्येष्टिमा ५० थान कपडाबाट छ सय मिटर ‘बाट’ को प्रयोग गर्नुभयो । बाबुको अन्त्येष्टिका लागि कपडा किन्न मात्रै एक लाख रुपियाँ खर्च भएको उहाँले बताउनुभयो ।

सोही ठाउँका पदमबहादुर खत्रीले पनि आमाको मृत्यु हँुदा ४० थान कपडा अथवा लामो ‘बाट’ हालेर दाहसंस्कार गर्नुभयो । सिंह र खत्री मात्र होइन, अधिकांश जाजरकोटीले वर्षौंदेखि आफन्तको अन्त्येष्टिमा लामो कपडा हाल्दै आएका छन् ।

शवलाई घरबाट उठाएर अन्तिम संस्कारका लागि नदी तथा खोला किनारमा लैजाँदा सेतो, नीलो, रातो र पहेँलो रङको कपडा कम्तीमा तीन थानदेखि अधिकतम एक सय थानसम्म प्रयोग गरिँदै आएको छ । यसरी अन्त्येष्टिका लागि घरदेखि घाटसम्म पु–याउँदा कपडामा नै लाखभन्दा बढी रुपियाँ खर्च हुने बताइएको छ ।

अन्त्येष्टिमा कपडाको प्रयोगकै आधारमा गाउँघरमा धनी र गरिब भनेर समाजले छुट्याउने गरेको ८५ वर्षीय कर्णबहादुर रावलले बताउनुभयो । इज्जत र प्रतिष्ठासँग जोडेर अरूलाई देखाउन साहुसँग ऋण काढेर भए पनि लामो ‘बाट’ हाल्ने होडबाजी चल्दै आएको उहाँले जनाउनुभयो ।

अन्तिम संस्कारका लागि शवलाई घरबाट घाट लैजाँदा अगाडि टाँग्दै लगिने कपडाबाट दिवङ्गतका आत्मा स्वर्गमा पुग्छ भन्ने विश्वास छ । त्यसैले गाउँमा कतिपय बूढापाका अहिले पनि आफ्ना लागि आफँैले धेरै थान कपडा किनेर राख्ने गर्छन् ।

जति लामो ‘बाट’ हालिन्छ उति छिटो स्वर्गमा पुगिन्छ भन्ने अन्धविश्वासले गर्दा बूढापाकाले आफ्नो लागि आफैँले कपडा किनेर राख्ने चलन रहेको स्थानीयवासीको भनाइ छ ।

कर्णाली र गण्डकी प्रदेशका विभिन्न स्थानमा प्रचलन रहेको ‘बाट’ परम्परालाई गण्डकी प्रदेशतिर भने यसलाई ‘बाटो’ पनि भनिन्छ । मृत्यु जस्तो अत्यन्त संवेदनशील कुरामा जोडिएको यो संस्कार अहिले देखासिकी र अस्वस्थ प्रतिस्पर्धा पनि बन्न थालेको छ ।

बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाह संस्कार जोगाउनभन्दा पनि देखासिकीकै लागि थानका थान कपडाको प्रयोग गर्ने चलनले गर्दा विपन्नलाई समस्या हुने गरेको बताउनुहुन्छ । यस्तो चलनलाई निरुत्साहित गर्न सबैले पहल गर्नुपर्ने सुझाव उहाँले दिनुभयो ।

विगतमा अहिलेको जस्तो खबर आदानप्रदान गर्ने सञ्चारका माध्यम (टेलिफोन, सामाजिक सञ्जाल) थिएन । त्यति बेला धेरैलाई थाहा होस् भनेर लामो ‘बाट’ हाल्नु स्वाभाविक भए पनि अब यसलाई कम गर्नुपर्ने कुशे गाउँपालिका–५, खुर्पाका बासिन्दा हरिबहादुर सिंहले बताउनुभयो । (गोरखापत्रबाट साभार)

लाखाै‌काे सेतो कपडाले मान्छे मरेपछि ‘बाटो’ देखाउने अनौठो संस्कार

प्रजातन्त्र दिवस कर्णालीमा तीन दिनसम्म मनाईने

लाखाै‌काे सेतो कपडाले मान्छे मरेपछि ‘बाटो’ देखाउने अनौठो संस्कार

१५ लाख विद्यार्थीको भविष्यमा खेलवाड, पाठ्यपुस्तकको छपाइ

Leave a comment

Your email address will not be published. Required fields are marked *