साउने सक्रान्तीको अवसरमा माबि कोटखोलामा बृक्षारोपण

दिलिप ढकाल
सुर्खेत,१ साउन ।

पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर २ मा अबस्थित लामो समय देखि शिक्षा क्षेत्रमा शैक्षिक हबको रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल श्री जन ज्ञान भण्डार माबी कोटखोलामा श्रावण सक्रान्तीको अबसर पारेर बृक्षारोपण गरिएको छ । श्री जन ज्ञान भण्डार माबी कोटखोला कक्षा ९ मा अध्ययरत बाल क्लब कि अध्यक्ष श्री रितु भण्डारि को अध्यक्षतामा गरिएको बृक्षारोपण कार्यक्रम गरिएको हो ।

यहि साउन १५ गते सम्म बिद्यार्थी भाइबहिनीहरु लगायत शिक्षक शिक्षिका हरुले आफ्नो वरपर भएका विभिन्न प्रजातीका फुलका बोटबिरुवाहरु लिएर विद्यालय बृक्षारोपण गरिने जन ज्ञान भण्डार माबी कोटखोला का प्रध्यानाध्यापक गङ्गा प्रसाद भट्टले जानकारी दिए ।

जलवायु परिवर्तनको जोखिमलाई कमगर्न हरियाली निर्माण गरौं वातावरण स्वच्छ बनाई दीर्घजीवन कायम गरौं भन्ने भनाई लाई आत्मासाथ् गर्दै सुरु गरिएको बृक्षारोपण कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रकाश डिसि, नेपाल शिक्षक महासंघका कर्णाली प्रदेशका महासचिव तथा शिक्षक गोबिन्द प्रसाद ढकाल, माबी कोटखोलाका लेखा घनश्याम सारु लगायत विद्यार्थी भाइ बहिनीहरु को उपस्थिति रहेको थियो ।

साउने सक्रान्तीको अवसरमा माबि कोटखोलामा बृक्षारोपण

बबई नदीमा डुबेर ७ बर्षिय बालक को

साउने सक्रान्तीको अवसरमा माबि कोटखोलामा बृक्षारोपण

जुम्लाका एक सय ४३ जना किसानले पाए

Leave a comment

Your email address will not be published. Required fields are marked *