बबई नदीमा डुबेर ७ बर्षिय बालक को मृत्यु

दिलिप ढकाल
सुर्खेत १ साउन ।
सल्यान को कालिमाटी गाउपलिका वडा नम्बर ७ मा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । कालिमाटी गाउ पालिका वडा नम्बर ७ घुइयाबारी निवासी दिपेश बिक को घर नजिकै रहेको बबई नदीमा नुहाउन जाने क्रम मा बालक को डुबेर ज्यान गएको बताइएको छ । मृतक बिक संगै नुहाउन गएकि उनकी बहिनि र मामाको छोरा भने सकुसल रहेका छन् ।

मृतक दिपेश बिक कि बहिनि ले सँगै नुहाउन गएका मामा को छोरा (दाई) लाई नुहाउने क्रम मा आफ्नो दाजु डुबेको भने पछि दुई भाईबहिनि मिलेर खोज्दा नभेटेपछि घरमा खबर गरेका थिए । घर बाट आफन्ती अनि गाउले आएर खोज्दा दिपेश को शब् बबई नदीमा मृत् अबस्थामा भेटिएको कालिमाटी गाउ पालिका वडा नम्बर ७ का वडा अध्यक्ष मित्रलाल सुनारले जानकारी दिए ।
बालकको सव कोहलपुर मा पोस्ट मार्टम गरि अन्तिम दाहांसस्कार को लागि घर पठाएको छ । साथै वडा अध्यक्ष सुनारले सम्पुर्ण बालबालिका तथा अभिभावक हरु लाई बर्खायाम सुरु भएकाले नाजिकै को खोला–नालामा नजान र बबई नदीबाट सतर्क रहन समेत आग्रह गरेका छन् ।






