गुराँसको घटना अराजक हो, दोषीलाई हदैसम्मको कारवाही हुन्छ –प्रजिअ प्याकुरेल

सुर्खैत , १ साउन ।

गुराँस गाउँपालिका कार्यालय तोडफोड गर्नेलाई कानून अनुसारको कारवाही गरिने दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताएका छन् । करारका कर्मचारीलाई हटाउने भनेर गुराँस गाउँपालिकाको दशौं गाउँसभामा निर्णय गरिएको विरोधमा नेपाली काँग्रेस दैलेखका सचिव एवम पूर्व पालिका अध्यक्ष खेमराज वलीको नेतृत्वमा गुराँस गाउँपालिका कार्यालय तोडफोड गर्नेलाई कानून अनुसारको कारवाही गरिने उनको भनाई छ ।

गुराँस गाउँपालिकाको स्थलगत अवलोकनका लागि आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाही, डिएसपी भुवनेश्वर शाह लगायतको टोलीसँगै सिडिओ प्याकुरेल पनि कार्यालयमा पुगेका थिए । अनुगमनका क्रममा सिडिओ प्याकुरेले सार्वजनिक सम्पतीमाथि तोडफोड गर्ने, जनप्रतिनिधिलाई बन्धक बनाउने काम उच्सृखल भएको बताएका छन् ।

उनले कानून विपरित कार्य गर्नेलाइ हदैसम्मको कारवाही गरिने प्रतिवद्धता जनाएका छन् । त्यसका लागि ज्ञानमणि नेपालको संयोजकत्वमा छानविन समिति समेत गठन गरेको उनले जानकारी दिएका छन् ।

गुराँसको घटना अराजक हो, दोषीलाई हदैसम्मको कारवाही हुन्छ –प्रजिअ प्याकुरेल

YUGAAWHAN NATIONAL DAILY (2079-04-01)

गुराँसको घटना अराजक हो, दोषीलाई हदैसम्मको कारवाही हुन्छ –प्रजिअ प्याकुरेल

बबई नदीमा डुबेर ७ बर्षिय बालक को

Leave a comment

Your email address will not be published. Required fields are marked *