सिम्ताले भने ज्यालादारीका कुनै पनि कर्मचारी नहटाउने

दुर्गा विसि
सुर्खेत, ३२ असार ।

स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भए लगत्तै विभिन्न स्थानीय तहहरुमा कर्मचारी हटाउने र आफ्नो राजनीतिक आस्थाका कार्याकर्ता भर्ती गर्नेकै लागि जनप्रतिनिधि आतिएका छन् ।

नव निर्वाचित जनप्रतिनिधिले जनजिविकाको सवालमा,समृद्धि र विकास निकासको योजना तथा निति नियम र विचार सार्वजनिक गर्न छाडेर,राज्य सञ्चालनमा दक्ष तथा १५÷२० बर्ष उच्च कार्यसम्पादन गरेका करार तथा ज्यालादारी कर्मचारीलाई नितान्त गलत राजनिती संस्कार र प्रतिसोध मनसाय राखेर पहिलो प्रहार गरिरहेका छन् ।

उपलब्धि वा पहिलो प्रहार लक्ष्य सम्झेर कार्यकालको पहिलो गाउँ सभाबाट कार्यरत कर्मचारी लाई हटाएर श्रमजिवि माथि लात हान्ने प्रक्रिया देश भरि चलिरहेको छ ।तर सिम्ता गाउँपालिकाले भने यसो गर्न नहुने धारणा सार्वजनिक गरेको छ । सिम्ता गाउँपालिका अध्यक्ष ऐनवहादुर चन्द लामो राजनीतिक संस्कार त्याक समर्थन,धैर्यता,कठोर राजनिती आन्दोलन बाट तिखारेर यहाँसम्म आएको जानकारहरु वताउछन् ।

गरिबीको पिडा,महिलाको पीडा,जनताको पिडा स्वयंम आफुले भोगेको जनाए । समान्य गरिब परिवारबाट राजनितीको मैदानमा आएका चन्द जनताको मतलाई कदर गर्न सक्ने उच्च मनोभावना वोकेका नेतामा हुनुपर्ने गुण रहेको सिम्तालिहरुको भनाइ रहेको छ । नेता ऐन बहादुर चन्दले आज एक कार्यक्रमलाई सम्बोधन गर्दै भन्नेका छन् मेरो धर्म भनेको रोजगार सृजना गर्ने हो ।

आबश्यकताका आधारमा गाविस देखि करिब १५÷२० बर्ष काम गर्दै आएका गरिब किसानका छोरा छोरिको रोजिरोटिमा खेलवाड गर्ने होइन । म सबैको शाझा अध्यक्ष हो । कुनै निकट कर्मचारीको होइन । सबै संघ संघगठन मेरो लागि सम्मान हुन ।राजनिती आस्था सधैं स्थिर हुदैन । समय र परिस्थिति अनुसार फेरबदल हुन्छ ।

मलाई भोट हाल्ने र नहाल्ने विचार दृष्टिकोणले विभेद गर्दिन बरू कामका आधारले गरि खाने,ठगि खाने विच पहिचान गरि प्रशासनिक तवरले कामको लेखाजोखा गरि कर्मचारीको ब्यवस्थापन गर्ने वताए ।कर्मचारीलाई समय सापेक्ष प्रविधि मैत्री सीप विकास गर्न निर्देशन समेत दिए।साथै सिम्ता गाउँपालिका भित्र कार्यरत स्थायी,करार र ज्यालादारी कर्मचारीलाई उच्च बनोबलका साथ आफ्नो जिम्मेवारी पूरा गर्न चन्द भनाइ रहेको छ ।

सिम्ताले भने ज्यालादारीका कुनै पनि कर्मचारी नहटाउने

दाङमा चट्याङ लागेर एक बालकको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *