भेरीगंगा नगरपालिकाको सार्बजनिक सुनुवाई सात बुदे प्रतिबद्धता जारि गर्दै सम्पन्न

दिलिप ढकाल
सुर्खेत,३२ असार ।
सहभागिता पारादर्सिता र जबाफदेहिताका लागि सेवा प्रबाह सम्बन्धि भेरिगंगा नगरपालिकाले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारिता बिषयक सार्बजनिक सुनुवाई कार्यक्रम भेरिगंगा नगरपालिका को सभा हल छिन्चुमा सम्पन्न भएको छ । दिउसो करिब ४ बजे देखि सुरु भएको सार्बजनिक सुनुवाई कार्यक्रम सांझा करिब ७ बजे सम्म संचालन भएको थियो ।
भेरिगंगा नगरपालिकाको कार्यालय छिन्चु सुर्खेतको आयोजना तथा बिजी मिडिया ग्रुप प्रा.लि. को सहजीकरणमा उक्त सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । राजनैतिक दलका प्रतिनिधिहरु एमालेका नगर कमिटि अध्यक्ष नरबहादुर थापा, काँग्रेसका नगर सहसचिव धर्मराज खड्का, माओवादी केन्द्रका नगर उपाध्यक्ष चन्द्रबहादुर घर्ती, नेकपा विप्लवका रन्त वलीले जनप्रतिनिधी र कर्मचारीलाई सुधार गर्नुपर्ने सुझावहरु दिनुभएको थियो ।

नगरपालिकाबाट प्रदान हुने सेवा, विकास निर्माण कार्यका विषयमा नगरबासी बीचमा दोहोरो सम्वाद स्थापित गरि सार्वजनिक सुनुवाई सम्वादबाट पारदर्शिता तथा जवाफदेहिताको माध्यमबाट सुशासनको प्रत्याभूति दिने उद्धेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले वडा, विषयगत शाखा, नगरका सेवा प्रवाह तथा विकास ,नगरको सेवा प्रवाह, सुशासन, ढिलासुस्ती, उपभोक्ताका समस्या, नागरिक वडापत्र, न्यायिक समिति, बजार अनुगमन, फोहोर व्यवस्थापन, सडक सुधार लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

सेवाग्राहीको जिज्ञासालाई नगर प्रमुख यज्ञप्रसाद ढकाल, उपप्रमुख धनसरा बोहेरा, प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पोखरेल, वडाअध्यक्षहरु पुसे कामी, गणेशबहादुर भण्डारी, जयबहादुर नेपाली, विषयगत शाखा प्रमुखहरु गजेन्द्र जिसी, पिताम्बर पौडेल, सविता रानाले जवाफ दिनुभएको थियो ।
सार्बजनिक सुनुवाई कार्यक्रममा भेरिगंगा नगरपालिका नगर प्रमुख यज्ञ प्रसाद ढकाल ,उप–प्रमुख धनसरा बोहोरा,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पोख्रेल,लेखा अधिकृत मान बहादुर ठाडा,मैनतडा आयुर्बेद शाखा प्रमुख कविराज चाहबिलाल खड्का,पशुपंक्षी बिकास शाखा प्रमुख भोज प्रसाद चपाई,उद्योग बिकाश शाखा प्रमुख,पिताम्बर पौडेल,महिला बालबालिका शाखा प्रमुख सबिता राना,विभिन्न वडाका वडा अध्यक्षहरु,कर्मचारी, वडासचिवहरु ,राजनैतिक दलका प्रतिनिधिहरु एमालेका नगर कमिटि अध्यक्ष नरबहादुर थापा, काग्रेसका नगर उपसचिव धर्मराज खड्का, माओवादी केन्द्रका नगर उपाध्यक्ष चन्द्रबहादुर घर्ती, नेकपा विप्लवका रन्त वली , व्यापारी व्यवसायी, नागरिक समाजका अगुवा, राजनैतिक दलका प्रतिनिधी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

बिजी मिडिया सहजीकरण गरेको कार्यक्रमको रेडियो बि जी एफ एमर भेरीगंगा एफ एम बाट प्रत्यक्ष प्रशारण गरिएको थियो । कार्यक्रमको संचालक बिजी एफएमका टेकेन्द्र बस्याल, सहजीकरण भेरीगंगा एफएमका युवराज पंगाली, समन्वय बिजी एफएम का दिलिप ढकाल, बालकुमारी खड्का र भेरिगंगा एफ एम का कुलेंद्र शाहीले गर्नुभएको थियो । भेरीगंगा नगरपालिकाले प्रदान गर्ने सेवा सुविधा, सेवा प्रवाह, विकास निर्माणका पक्षमा सुधार र कार्यान्वयन गर्ने सात बुद्धे प्रतिबद्धता जारी गर्दै नगरस्तरीय सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।







