एसपीपी सम्बन्धी कुनै पनि सम्झौता गर्ने प्रक्रिया अघि बढेको छैन ः नेपाली सेना

काठमाडौं, २ असार ।

नेपाली सेनाले एसपीपी सम्बन्धी समाचारहरुमा ध्यानाकर्षण भएको जनाएको छ । नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै विगत लामो समयदेखि नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको सहयोग र सहकार्य सन्दर्भमा हाल विभिन्न संचारमाध्यमहरुमा चर्चामा आएको एसपीपी सम्बन्धी समाचारहरुमा नेपाली सेनाको ध्यानाकर्षण भएको जनाएको छ ।

एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको स्पष्ट पारेको छ ।

नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनैतिक अवस्थिती एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रष्ट र सचेत रहेको व्यहोरा बताएको छ ।

स्रोत ः रातोपाटी

एसपीपी सम्बन्धी कुनै पनि सम्झौता गर्ने प्रक्रिया अघि बढेको छैन ः नेपाली सेना

कर्णाली प्रदेशको बजेट : अधुरा योजना, उत्पादन

एसपीपी सम्बन्धी कुनै पनि सम्झौता गर्ने प्रक्रिया अघि बढेको छैन ः नेपाली सेना

१६५ जना महिलालाई निःशुल्क कुखुरा वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *