राष्ट्रिय परिचय पत्र लिनेको भीड

मोहन सिंह
जाजरकोट २ असार ।
राष्ट्रिय परिचय पत्र लिनेको भीड लागेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले विहान आठ बजेदेखि सेवा सुरु गरेको छ । दैनिक १०० सय भन्दा बढी सेवाग्राही आउने र कार्यालय समयमा सेवाग्राहीको काम गर्न नसकिने भएपछि विहान ८ बजेदेखि सेवा शुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले जानकारी दिए ।

उनले भने, ‘एकदिनमा कार्यालय समयमा बढीमा ५० जनाको इन्ट्री गर्न सकिन्छ, सेवाग्राही फर्किने समस्या समाधान गर्न हामीले विहान ८ बजेदेखि सेवा शुरु गरेका हौं ।’ राहदानी लिन राष्ट्रिय परिचय पत्र अनिवार्य बनाएपछि सेवा लिनेको संख्यामा वृद्धि भएको केसीले बताए ।






