गुर्भाकोट मा नेपाली कांग्रेसको सम्मान तथा प्रशिक्षण कार्यक्रम

दिलिप ढकाल
गुर्भाकोट, २ असार
नेपाली कांग्रेस क्षेत्रिय कार्य समिति क्षेत्र नम्बर १ सुर्खेतको आयोजनामा गुर्भाकोट नगरपालिका को वडा नम्बर ८ मेहेलकुना (सिटि हल)मा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई, सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेपालि कांग्रेसका केन्द्रीय उप–सभापति पुर्ण बहादुर खड्काको प्रमुख आथित्यतामा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई, सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । दुई दिनसम्म संचालन हुने कार्यक्रम मा पहिलो दिन नँया जनप्रतिनिधीलाई सम्मान र बधाई कार्यक्रम गरिएको सम्पन्न भएको र । दोस्रो दिन चुनावी समीक्षा कार्यक्रम हुने जानकारी गराईएको छ ।

सम्पन्न उक्त सम्मान तथा प्रशिक्षण कार्यक्रम मा जिल्ला कार्य समिति सुर्खेत का पदाधिकारी सदस्यहरु , क्षेत्रिय कार्य समितिका सदस्य हरु ,प्रदेश क र ख कार्यसमिति सदस्य हरु, महाधिवेशन महासमिति, गाउँपालिका र नगर पालिका पदाधिकारी हरु ,वडा सभापति,पालिका प्रमुख र उपप्रमुखका उम्मेदवारहरु,वडा अध्यक्ष र सदस्य पदका उम्मेदवार र भातृ तथा शुभेच्छुक संघ सँस्थाका प्रमुखहरु,स्थानीय तहको निर्वाचन २०७९ मा पार्टीको तर्फबाट विभिन्न पदमा निर्बाचित जनप्रतिनिधि हरु को सहभागिता रहेको थियो । कार्यक्रम आज बिहिबार सम्पन्न हुने छ ।






